सर्लाहीका अशक्त र वृद्ध नागरिकलाई घरमै नागरिकता

262 Shares

सर्लाहीको कविलासी नगरपालिका ७ र गोडैता नगरपालिका ५ का अशक्त र वृद्ध नागरिकलाई प्रमुख जिल्ला अधिकारी सहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेका छन् ।

viber_image_2025-09-07_21-59-40-912.jpgनिजामती कर्मचारी दिवशको अवसरमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेल सहितको टोलीले कविलासी नगरपालिका ७ जमुनियाकी ७३ वर्षीया अशक्त महिला सैरुल खातुन फकिर तथा गोडैता नगरपालिका ५ रामवनका ८१ वर्षीय फरमूद मियाँ र उनकी ७९ वर्षीया श्रीमती ऐसा खातुनलाई घरमै पुगेर नागरिकता हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए।उनका अनुसार नागरिकता लिन कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्दै घरमै आएर नागरिकता हस्तान्तरण गरेपछि सेवाग्राहीहरु खुसी भएका छन्।

viber_image_2025-09-07_21-59-41-832.jpgसरकारी सेवा सहज र पहुँचयोग्य बनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले सुरु गरेको यस किसिमको पहल प्रशंसनीय भएको कविलासी नगरपालिकाका नगर प्रमुख ब्रम्हदेव राय यादवले बताए ।लामो समयदेखि साँधुरो भवनबाट सेवा प्रवाह गरेको जिल्ला प्रशासन कार्यालय केही दिन पहिला मात्रै आफ्नै सुविधा सम्पन्न भवनमा सरेपछि सेवा प्रवाह गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए।उनले प्रशासन कार्यालय अब सेवाग्राहीलाई घरमै सहज सुविधा दिने वातावरण बनाउन निरन्तर प्रयासरत रहेको समेत बताए ।

सम्बन्धित समाचार