योजना सम्झौता र पुरानो भुक्तानी नगरेको भन्दै हरिपुरका प्रप.अ.कार्कीलाई स्थानीयले कार्यकक्षमा थुने,

119 Shares

सर्लाहीको हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीयले बुधबार कार्यकक्षमा थुनेका छन्। हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर कार्कीलाई बुधबार स्थानीयले दुई घण्टा कार्यकक्षमा थुनेका हुन ।हरिपुर नगरपालिका– ९ पिडारीको नाला निर्माण तथा ढलानको लागि संघीय सरकारको शसर्त अनुदान तर्फको रु ८० लाख बजेट सम्झौता नगरेको भन्दै स्थानीयले प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई दुई घण्टा कार्यकक्षमा थुनेका हुन ।योजना कार्यनयन गर्न स्थानीयले पटकपटक प्रमुख प्रशासकीय अधिकृत कार्कीसंग माग गर्दै आएका थिए।कार्की प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि नगरको विकास बजेट संचालन सुस्त भएको भन्दै कार्यपालिका सदस्यहरुले गुनासो गर्दै आएका छन।
नगरपालिकाबाट हुने कार्यसम्पादन समेत राम्रो नभएको स्थानीय सेवाग्राहीको गुनासो छ। सम्झौता अनुसार काम सम्पन्न गर्दा समेत प्रमुख प्रशासकीय अधिकृत कार्कीले भुक्तानी दिन र वडा तथा नगर स्तरीय योजना सम्झौता गर्न आनाकानी गरेको उपभोक्त समिति र निर्माण कम्पनीहरुको गुनासो छ।आर्थिक वर्षको सात महिनाको अवधिमा पालिकाले १७ प्रतिशत मात्रै पुजीगत खर्च गरेको छ भने ४० प्रतिशत चालुतर्फको बजेट खर्च गरेको छ।

सम्बन्धित समाचार