लोकतन्त्र,राष्ट्रिय एकता र समावेशी विकासका लागि संविधान मुलधारको आधारशिला रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डोत्तोलन गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले नागरिक अधिकार सुनिश्चित गर्ने संविधानको भावना कार्यान्वयनमा सबै तहका निकाय, कर्मचारी र जनप्रतिनिधिहरूले जिम्मेवारीपूर्वक योगदान गर्नुपर्ने समेत बताए ।
कार्यक्रममा सहभागी सरकारी कर्मचारी, सुरक्षाकर्मी,स्थानीय जनप्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले राष्ट्रिय झण्डा सलामीसहित संविधानको मर्म र मूल्यप्रति प्रतिबद्धता व्यक्त गरेका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बातए ।नेपालको संविधान २०७२ जारी भएको १० वर्ष पुरा गरी ११ वर्ष प्रवेश गरेको अवसरमा नेपालभर असोज ३ गते संविधान दिवश मनाउदै मुलुकभर विभिन्न कार्यक्रम गर्ने गरिएको र सो अवसरमा सिन्धुलीका कार्यालय प्रमुखहरुले अन्तरक्रिया कार्यक्रम समेत गरेका छन् ।
दिवशको अवसरमा दशैँ तथा तिहारको विदामा जाने कार्यालय प्रमुखहरुले आ आफ्नो कार्यालय को सुरक्षा व्यवस्था मिलाई पालोपहराको व्यवस्था मिलाउने र सो पालोपहरामा खटिने कर्मचारी, निजको सुपर भाइजर र कार्यालय प्रमुख सम्पर्क मै रहने विषयमा समेत छलफल हुने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।“जेन जी” पुस्ताको देशव्यापी आन्दोलनको क्रममा भदौ २३ र २४ गते कार्यालयमा भएको क्षतिको एकिन विवरण यथासिघ्र तयार गरि पठाउने,“जेन जी”पुस्ताको देशव्यापी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका कार्यालयहरुले जे जस्तो अवस्थामा छ त्यही अवस्थामा भएपनि सेवा प्रवाह सुरु गर्ने,“जेन जी”पुस्ताको देशव्यापी आन्दोलनको क्रममा क्षति भएका कार्यालयहरुलाई फर्निचर लगायत कम्प्युटर, उपकरण, सामाग्रीहरु अन्य कार्यालय तथा संघ संस्थाहरुसँग सहयोग गर्न आव्हान गर्ने र कार्यालयहरुबाट नागरिकले पाउने सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी रुपमा उपलब्ध गराउने विषयमा पनि छलफल हुने प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।
उनका अनुसार विकास आयोजना सम्बन्धि कार्यालयहरुले आ आफ्नो कार्यलाई तत्काल अगाडी बढाउने र मनसुनको समय अझै कायम रहेकोले विपद् व्यवस्थापनका कार्यमा संलग्न कार्यालयहरु तयारी अवस्थामा रहने र सम्भावित विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरि तयारी अवस्थामा रहने विषयमा समेत छलफल भएको छ।संविधान दिवशको अवसरमा बिहान झण्डोत्तोलन र साँझ दिप प्रज्वलन गरिएकोे छ ।
त्यसैगरी,दिवशको अवसरमा विभिन्न राजनीतिक दलहरुले समेत दिप प्रज्वलन कार्यक्रम गरेका छन् । लामो संघर्ष र वलिदान पछि प्राप्त भएको नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको र सोही दिनलाई संविधान दिवशको रुपमा नेपाल सरकारले हरेक वर्ष असोज ३ गते सार्वजनिक विदा दिएर उत्सव मनाउन अनुरोध गर्ने गरेको छ।भने सर्लाहीका राजनीतिक दलहरुले संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै गर्दा मधेशवादी दलहरुले कालो दिनको रुपमा विरोध जनाएका छन् । राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको उपस्थितिमा संविधान दिवसलाई कालो दिनको रुपमा मनाएका हुन् ।उत्त पार्टीले सर्लाही सदरमुकाम मलंगवामा कालो दिन मनाएको हो।