Close This

कांग्रेस महाधिवेशन प्रतिनिधिमा कलाकार रिजाल निर्वाचित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२४ गते   ८७२ पटक हेरिएको

नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट कलाकार शिवशंकर रिजाल( जोगिन्दर पानवाला) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
नेपाल सांस्कृतिक संघका महामन्त्री समेत रहेका रिजाल क्षेत्रीय अधिवेशनमा ५ सय १३ मत प्राप्त गरी विजयी भएका हुन । सर्लाही क्षेत्र नम्वर ४ को गोडैतामा भएको महाधिवेशनमा उनले  ५ सय १३ मत ल्याएका हुन ।
बरहथवा नगरपालिका १५ घर भएका कलाकार रिजाल दोस्रो पटक सर्लाहीबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका नेपाली कांग्रेस सर्लाहीले जनाएको छ । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि कलाकार रिजालले मतदाताहरुलाई धन्यवाद दिएका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech