लालबन्दी १५ चुरेमा यात्रु बस दुर्घटना,मानविय क्षेती छैन्

297 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १५ स्थित चुरे क्षेत्रमा यात्रु बस दुर्घटना भएको छ।लालबन्दी बजारबाट सिन्धुलीको मरिणका लागि छुटेको बा २ ख ६४३३ नम्बरको यात्री बस लालबन्दी नगरपालिका १५ स्थित चुरे क्षेत्रमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।प्रहरीका अनुसार सर्लाही र सिन्धुलीको सिमाना लालबन्दी नगरपाकिला १५ स्थित चुरे क्षेत्रमा करिव १० फिट तल कालिन्जोर खोला किनारमा खसेको छ र मानविय क्षेती भएको छैन् ।

WhatsApp Image 2025-01-29 at 11.35.37 PM (1).jpeg
बसमा सवार ११ जना यात्रुलाई पहिले नै ओरालेर बस उकालो चढाउन खोज्दा अनियन्त्रित भएर खोला किनारमा खसेको बसका धनी एवम चालक लालबन्दी नगरपालिका १३, पत्थरकोटका अन्दाजी वर्ष ३६ का चन्द्र बहादुर काल्तानले बताए।उनका अनुसार विपरीत दिशाबाट आउँदै गरेको अर्को बसलाई उकालोमा साइड दिने क्रममा लालबन्दीबाट यात्रु बोकेर गएको बस भीरबाट तल खसेको हो ।

सम्बन्धित समाचार