सर्लाहीको लालबन्दी नगरपालिका–१६ मा सञ्चालित “सुनौलो हजार दिन”कार्यक्रम प्रभावकारी बन्दै गएको छ।नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बहु क्षेत्रीय पोषण कार्यक्रम अन्र्तगत सञ्चालित“सुनौलो हजार दिन”कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो ।गर्भावस्थादेखि बच्चा जन्मिएको दुई वर्षसम्मको अवधिमा अत्याधिक पोषणयुक्त खानेकुरा चाहिने र विपन्न वर्गका नागरिकहरुले आर्थिक अभावमा पोषणयुक्त खानेकुरा खान समस्यामा पर्ने भएकाले आय÷आर्जनलाई लक्षित गरी सुरु गरिएको “सुनौलो हजार दिन”कार्यक्रम प्रभावकारी बन्दै गएको लालबन्दी नगपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले बताए ।उनका अनुसार लालबन्दी नगरपालिकाका १७ वटा वडाहरु मध्य लालबन्दी नगरपालिका– १६ का २५ जना विपन्न वर्गलाई लक्षित गरेर सुरु गरिएको कार्यक्रममा आय÷आर्जनलाई सुधार गर्न प्रति व्यत्ति रु २५ हजारका दरले लालबन्दी नगरपालिकाले रकम वितरण गरेको थियो ।

आमा र बच्चाको स्वास्थ्य तथा पोषण अवस्था सुधार गर्ने उद्देश्यले विपन्न समुदायका परिवारलाई विशेष लाभ पु¥याउन भन्दै सुरु गरिएको “सुनौलो हजार दिन”कार्यक्रम अन्र्तगत नगरपालिकाले उपलब्ध गराएको रु २५ हजारबाट पशुलापन गरेर अर्थाेपार्जन गरी पोषण्युक्त खानेकुरा खान सहज बनाउने काम भएको लालबन्दी नगरपालिका(१६ का वडा अध्यक्ष गणेश बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम अन्तर्गत गर्भवती महिला,सुत्केरी आमा तथा दुई वर्षमुनिका बालबालिकाको पोषण अवस्थाबारे नियमित निगरानी गर्ने,पोषणयुक्त खानाको महत्वबारे जानकारी दिने,स्वास्थ्य तथा सरसफाइ सम्बन्धी सचेतना फैलाउने र पोषणयुक्त खाने कुरा खान आन्तरिक अर्थाेपार्जन गर्ने क्षेत्रमा लगानी गर्ने लगायतका गतिविधि सञ्चालन हुँदै आएका छन्।यससँगै स्थानीयस्तरमै उपलब्ध पोषणयुक्त खाद्य सामाग्रीको प्रयोग बढाउन पनि परिवारलाई प्रोत्साहित गरिँदै आएको लालबन्दी नगरपालिका को स्वास्थ्य शाखाले जनाएको छ ।
सुनौलो हजार दिनको अवधिमा आमाको स्वास्थ्य र पोषणमा विशेष ध्यान दिन सके बच्चाको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पर्ने भएकाले कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिएको लालबन्दी नगरपालिका को स्वास्थ्य शाखाका पोषण फोकल पर्सन रोशन चौधरीले बताए।उनका अनुसार गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण,आयोडिनयुक्त नुनको प्रयोग,पोषणयुक्त खाना,स्तनपान तथा बालबालिकाको वृद्धि विकासको नियमित अनुगमन बारे अभिभावकलाई जानकारी दिइँदै आएको छ।
कार्यक्रमका कारण गर्भवती तथा सुत्केरी महिलामा पोषण र स्वास्थ्य सम्बन्धी चेतना बढेको साथै विपन्न वर्गमा पोषणयुक्त खानेकुरा खान अर्थाेपार्जन गर्न समस्या हटेको काम भएको नगर स्वास्थ्य शाखाले जनाएको छ।शाखाका अनुसार पोषणका विषयमा पर्याप्त जानकारी नभएका परिवारले गर्भवती महिनाका साथै बच्चाको उमेर अनुसार खानपान,सरसफाइ र स्वास्थ्य परीक्षणमा ध्यान दिन थालेका छन्।बालबालिकाको पहिलो हजार दिनलाई स्वस्थ्य भविष्यको आधार मानिने भएकाले सुनौलो हजार दिने कार्यक्रमलाई स्थानीय आवश्यकता र समुदायको अवस्थाअनुसार थप प्रभावकारी बनाउँदै लैजान सके कुपोषण न्यूनीकरणसँगै स्वस्थ्य तथा सक्षम पुस्ता निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको लालबन्दी नगरपालिकाले जनाएको छ।सोमबार लालबन्दी नगरपालिकाका नगर प्रमुख अधिकारी सहित स्वास्थ्य शाखा सहितको टोलीले गरेको स्थलगत अवलोकनमा उत्त कार्यक्रम निकै प्रभावकारी भएको पाइएको हो ।