सर्लाहीको हरिवन नगरपालिका ११ स्थित बालुवाटारमा संचालन गरेको घुम्ती स्वास्थ्य शिविरबाट एक सय नौ जना लाभान्वित भएका छन्।नेपाली सेनाले सर्लाहीमा बसोवास गर्ने बहालवाला, भूतपूर्व तथा उनिहरुमा आश्रीत परिवारका सदस्यलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्य शिविरमा एक सय नौ जना लाभान्वित लाभान्वित भएका लालबन्दी नगरपालिका २ जुटपानी स्थित रहेको भैरवीदल गण पाँच कुमारीका गणपति एवम प्रमुख सेनानी सूूर्यबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार शिविरमा ५२ जना महिला र ५७ जना पुरुषले प्रत्यक्ष लाभ लिएका छन् ।शिविरमा उपचारका लागि आएका बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको प्रमुख सेनानी कार्कीले बताए ।सैनिक स्वास्थ्य महानिर्देशनालयको पहलमा फिल्ड अस्पताल बर्दिवास,लालबनद्यी नगरपालिका २ जुटपानी स्थित रहेको भैरवीदल गण पाँचकुमारी,लालबन्दी नगर अस्पताल,अन्जली अस्पताल नवलपुर र नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ सर्लाहीको समन्वयमा घुम्ती स्वास्थ्य शिविर सम्पन्न गरिएको भैरवीदल गण पाँचकुमारीले जनाएको छ ।