Close This

 वर्ल्ड भिजनद्धारा स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१२ गते   ३५१ पटक हेरिएको

सर्लाहीमा कोरोना भाइरस(कोभीड़ १९)बाट संक्रमित बिरामीको उपचारमा संलग्न ब्यक्तिहरुलाई उपचारको क्रममा सहयोग पुगोस भनेर वर्ल्ड भिजन इंटरनेशनल नेपालले  ३० सेट व्यत्तिगत सुरक्षा सामाग्री (पिपिई) तथा थर्मल गन प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई हस्तानान्तरण गरेको छ ।
  बागमती सेवा समाज सर्लाहीले जिल्ला प्रसाशन कार्यालयमा आयोजना गरेको एक कार्यक्रमका बिच ३० सेट पिपिई र ४ वटा वटा इलेक्ट्रोनिक थर्मोमीटर गन प्रजिअ जिसीलाई हस्तान्तरण गरेको  सहयोगी सस्थाका गजेन्द्र साहले जानकारी दिनु भयो ।जिल्ला प्रशासन कार्यालयको प्रांगणमा आयोजना भएको  कार्यक्रममा जिल्ला समन्वय समिती सर्लाहीका प्रमुख मेथुर चौधरीको  उपस्थति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech