Close This

सर्लाहीमा टिपरको ठक्करबाट एकजनाको ज्यान गयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-२९ गते   ६९ पटक हेरिएको

पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाहीको नवलपुरमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा पुर्वबाट पश्चीम तर्फ गई रहेको ना ७ ख ८२९३ नम्बरको टिपरको ठक्करबाट सोही दिशातर्फ जाँदै गरेका साईकल यात्री लालबन्दी नगरपालिका २ का वर्ष अन्दाजी ३५ का रामगणेश महतोको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।
शुक्रबार(आज) दिउँसो करिब ३ बजे साईकलमा घाँस लिएर  घरतर्फ जाँदै गरेका महतोलाई टिपर ठक्कर दिएको र उनको घटना स्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो करिब ३ बजे साईकल यात्रीलाई ठक्कर दिएको र  त्यसलगतै देखि पुर्व पश्चीम लोकमार्ग बेलुका करिब ६ः३० बजे सम्म अवरुद्ध रहेको छ । प्रहरीमाथी स्थानियले ढुंगामुढा प्रहार गरेपछी प्रहरीले ८ सेल अश्रुग्याँस समेत हानेको प्रहरीले जनाएको छ । आक्रोसित स्थानियले घटनास्थलमा रहेको टिपरमा आगो लगाउन खोजेपछि रोक्ने क्रममा स्थानियको ढुंगा प्रहारबाट सशस्त्र प्रहरीका २ जना घाईते भएका छन । उनिहरुको अहीले स्थानिय स्वासथ्य संस्थामा उपचार भई रहेको छ । 
आक्रोसित स्थानियले ढुंगामुढा प्रहार गर्दा केही सवारी साधनमा क्षेती पुगेको छ भने पुर्व पश्चीम लोकमार्ग अन्र्तगत नवलपुर सडक खण्डमा स्थानियले टायर वालेर लोकमार्ग अवरुद्ध समेत पारेका थिए । 
लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्का, लालबन्दी नगरपालिका २ का वडा अध्यक्ष किरण कुमार पासवान,प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाट, शसस्त्र प्रहरी नायव उपरिक्षक दिपेन्द्र थापा र पीडित पक्षवीच उचित क्षेतीपुर्ती र पिडकलाई कडा कानुनी कार्बाही गर्ने सहमती पछि  प्रहरीले शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाएको जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech