एक करोडको लक्ष्यसहित डिम जनताले घोषणा गर्यो अक्षय कोष स्थापना

365 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १६ स्थित परवानीपुरमा रहेको डिम जनता मा.विले रु उक करोडको अक्षय कोष खडा गरेको छ ।विद्यालयको दीर्घकालीन शैक्षिक एवम् व्यवस्थापकीय विकासको लागि भन्दै  रु एक करोडको लक्ष्यसहित अक्षय कोष स्थापनाको घोषणा गरिएको प्रधानाध्यापक ध्रुव भण्डारीले जानकारी दिए ।
उनका अनुसार “हामी र हाम्रो विद्यालय,हाम्रो दायित्व”भन्ने भावनाको साथ विद्यालयको समग्र विकासको लागि दीर्घकालीन आर्थिक स्थायित्व र साविक परवानीपुरमा बसोबास गर्नुहुने तथा देश विदेशमा छरिएर बस्नुहुने सम्पूर्ण व्यक्तित्वहरुलाई समाज र विद्यालयप्रति अपनत्वको भावना विकास गर्नको लागि अक्षय कोष स्थापना गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति,जनप्रतिनिधि,पूर्व अध्यक्ष,पूर्व विद्यार्थी,संस्थापक परिवार र  अभिभावक सहित अन्य व्यक्तित्वहरुको उपस्थितिमा कोषको घोषणा गरिएको विद्यालयका शिक्षक एवम कोषका सदस्य ज्ञानेन्द्र कार्कीले बताए ।उनका अनुसार कोषमा रु जो कसैले एक हजार २५ रकम प्रदान गरेर सदस्यता प्राप्त गर्न सकिने छ ।
आफ्नो जन्मदिन,विवाहोत्सव एवम दिवंगत सदस्यको स्मृति एवम् विशेष दिनमा आफूले इच्छाएको रकम प्रदान गर्न सकिने विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्ण बहादुर गौतमले बताए ।उनका अनुसार कोषबाट प्राप्त व्याज र अन्य लाभांशलाई मात्र विद्यालयको शैक्षिक सुधारको लागि उपयोग गरिने छ।कोष संचालन कार्यविधि तयार गर्नको लागि विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गौतमको संयोजकत्वमा संस्थापक परिवार सदस्य बलराम कार्की र विद्यालयको तर्फबाट शिक्षक कार्कीसहितको तीन सदस्यीय कार्यदल गठन भएको विद्यालय प्रशासनले जनाएको छ । 

सम्बन्धित समाचार