Close This

हरिवनको मालपोत कार्यालयका दुई कर्माचारी  ११ हजार घुससहित अख्तियारको फन्दामा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-२३ गते   ३४१ पटक हेरिएको

 सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको मालपोत कार्यालयबाट २ जनालाई कर्माचारी घुस सहित पक्राउ परेका छन् ।मालपोत कार्यालयका एक जना नायब सुब्बा र एबजना लेखापढी व्यवसायी घुस रकमसहित बिहीबार पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिवासबाट खटिएको अख्तियारको टोलीले मालपोत कार्यालय हरिवनका नायब सुब्बा बेदनिधी बराल र कार्यालय परिसरमा बसेर लेखापढीको काम गर्ने हरिवन नगरपालिका २ का रामसुन्दर महतोलाई रु ११ हजार घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीबाट जग्गाधनी प्रमाणपूर्जामा नाम संशोधनका लागि घुस लिएको पाइएको अख्तियारको कार्यालयले जनाएको छ । दुवैजनालाई थप अनुसन्धानका लागि अख्तियारको क्षेत्रिय कार्यालय बर्दिवास लगिएको छ ।
सर्लाहीबाट मङ्सिर २४ गते नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्रका प्राविधिक मनोजकुमार पाण्डे रु ८ हजार घुस रकमसहित र असार ९ गते हरिपुर नगरपालिकाका लेखा अधिकृत भुपेन्द्रकुमार सिंह रु ४ हजार घुस रकमसहित पक्राउ परेका थिए । जिल्लामा मालपोत, नापी, घरेलु तथा साना उद्योग, विद्युत् र स्थानिय निकायमा घुस नदिएसम्म सेवा लिन गाह्रो पर्ने गरेको गुनासो सेवाग्राहीले गर्दै आएका छन् । गुनासो र उजुरी अनुसार यी कार्यालयबाट पटक–पटक कर्मचारीहरु सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ परिरहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech