सर्लाहीको लालबन्दी नगर अस्पतालले आर्थिक वर्ष २०८१/०८२ मा एक हजार भन्दा बढी प्रसूती सेवा प्रदान गरेको छ।लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगर अस्पतालले आर्थिक वर्ष २०८१/०८२ मा एक हजार एक सय सात वटा प्रसूती सेवा प्रदान गरेको नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीले जानकारी दिए ।उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा तीन सय १८ वटा प्रसूती सेवा प्रदान गरेको नगर अस्पतालले आर्थिक वर्ष २०८१/०८२ मा सर्लाही,महोत्तरी,रौतहट र सिन्धुलीका गरि कुल एक हजार एक सय सात वटा प्रसूती सेवा प्रदान गरेको हो ।
आईसियू/एनआईसीयू र भेन्टिलेटरका साथै एनेथेसिया तथा बालरोगका चिकित्सकहरु नभएपनि राम्रो स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.राम विश्वास राय यादव रहेका कारण प्रसूती तर्फ लालबन्द्यी नगर अस्पतालमा नागरिकहरुको विश्वास बढेका कारण अन्य बिरामीहरुको समेत चाप बढेको अस्पतालको प्रशासन शाखाका प्रमुख हेमान्सु शेखर कर्णले बताए।उनका अनुसार ५८ जना भारतिय नागरिकहरु सहित आर्थिक वर्ष २०८१/०८२ मा ५५ हजार छ सय ४२ जनाले लालबन्दी नगर अस्पतालबाट सेवा लिएका छन्।आर्थिक वर्ष २०८०/०८१ मा ३० हजार चार सय १९ जनाले सेवा लिएकामा आर्थिक वर्ष २०८१/०८२ मा २५ हजार दुई सय २३ जना बढीले सेवा लिएका हुन ।
आर्थिक वर्ष २०८१/०८२ मा नगर अस्पताल लालबन्दीमा १५ हजार पाँच सय ६२ जना बीमित नागरिकहरुले सेवा लिएका छन्।लालबन्दी नगर अस्पतालमा सेवा लिने नागरिकहरुमा गैर नेपालीले निःशुल्क सेवा नपाउने भएपनि नेपालीहरुको हकमा निःशुल्क,बीमा र श सुल्क सहितको स्वास्थ्य सेवा प्रदान भई रहेको छ।प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोउन्नती गरि सेवा सुधार र थप गरिएपनि प्रसूती रोगको सल्याक्रिया गर्ने नगर अस्पतालमा आईसियू/एनआईसीयू र भेन्टिलेटरका साथै एनेथेसिया तथा बाल रोगका चिकित्सकहरु नभएपनि सरोकारवाला निकायको ध्यान नपुगेको अस्पताल प्रशासनको गुनासो छ ।