Close This

विदेशमा रहेका युवाहरुद्धारा राहत सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२४ गते   ५४६ पटक हेरिएको

विदेशमा रहेका युवाहरुद्धारा सहयोग प्राप्त राहत वितरण कार्यक्रममा लालबन्दी १७ फोटो सहकर्मी रितिक अधिकारी

सर्लाहीको रानिगञ्ज गाविस १ हालको लालबन्दी नगरपालिका १७ का करिब एक सय जनालाई खाद्यान्न तथा सरसफाईका सामाग्री सहयोग प्राप्त भएको छ । रानीगन्ज गाविस १ हालको लालबन्दी नगरपालिका १७ घरभई बैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका २६ जना युवाहरुले सहयोगका लागि रकम संकलन गरी पठाइपछि त्यस रकमबाट खाद्यान्न तथा सरसफाईका सामाग्रीहरु सहयोग गरिएको स्थानिय युवा बलरामबस्नेतले बताउनु भयो । 


कतार,साउदी,मलेसिया,कुबेत,ओमन,ईजरायल र कोरियामा बैदेशिक रोजगारीको सिलसिलामा गएका युवाहरुले आफ्नो गाउँमा रहेका अति गरीब विपन्न तथा मजदुरी गुमाएका मजदुरहरुका लागि रातह स्वारुप सहयोग गर्न भनी १ लाख ५१ हजार ७ सय ५ रुपैँया रकम संकलन गरि पठाएका र त्यसबाट आफुहरुले चामल,दाल,चिउरा,नुन,सावुन र तेल खरिद गरेर सहयोग गरेको अर्का स्थानिय युवा नरवुसिंह योञ्जनले बताउनु भयो ।

विदेशमा रहेका युवाहरुद्धारा सहयोग प्राप्त राहत वितरण कार्यक्रममा सामाजिक दुरी कायम भएको फोटो
बैदेशिक युवा सेवा समाज रानीगन्जको समन्वयमा  नयाँ बस्ती,थिङ्ग टोल र  साविकको रानीगन्ज गाविस १ का गरी करिब  एक सय जनालाई प्रतिव्याक्ती २५ किलो चालम,२ किलो चिउरा,२ किलो दाल,२ पोका नुन,१ लिटर तेल र सावुन  वितरण गरिएको बस्नेतले बताउनु भयो ।  विश्व्यापी माहामारीको रुपमा फैलिएको कबोरोना भाईरसको विरुद्धमा जारी लक डाउनका कारण रोजगारी गुमाएका अति गरीब विपन्न तथा बेरोजगार भएका मजदुरहरुका लागि सहयोग स्वारुप उनिहरु आफैँले रकम संकलन गरेर पठाएका र आफुहरुले त्यबाट खाद्यान्न तथा सरसफाईका सामाग्री खरिद गरेर वितरण गरेको स्थानिय युवा योञ्जनले बताउनु भयो ।

राहत पाएपछि आफुहरुलाई केही सहज भएको र खुसी लागेको स्थानिय सुसिला जिम्बाले बताउनु भयो । आफ्नो घरगाउँ आफ्न्त छोडेर बैदेशिक रोजगारीमा रहेका युवाहरुको देश तथा गाउँ प्रतिको माया देखेर धेरै खुसी लागेको स्थानिय अर्का युवा लक्ष्मण बराईलीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech