जुवाडे समाउदै छाड्दै हरिवन प्रहरी,समातिएका जुवाडेको समेत विवरण गोप्य

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-७-२९ गते   १९९ पटक हेरिएको

 सर्लाहीको ईलाका प्रहरी कार्यालय हरिवनले जुवाडे नियन्त्रणमा लिएर केही घण्टा मै छाडेको पाइएको छ ।हरिवन नगरपालिका ८ स्थित चापिनी र हरिवन नगरपालिका ८ कै पुरानो बजारबाट नियन्त्रणमा लिएका जुवाडेहरुलाई २ घण्टा मै छाडेको प्रहरी स्रोतको दाबी छ ।
हरिवन नगरपालिका ८ स्थित चापिनीमा देउसी खेल्दै गएको टोली अचानक जुवा खेल्न थालेपछि प्रहरीले केही विशिष्ट मानिसहरु सहित ठुलो संख्यामा नियन्त्रणमा लिएको भएपनि इलाका प्रहरी कार्यालय हरिवनको प्रङ्गणमा ल्याएर कागज गराएर छाडेको पाइएको हो ।
सो विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले प्रमाणित गरे तर उनले कुनै पनि जुवाडेको विवरण र कति रकम सहित हो भन्ने विषयमा सार्वजनिक गरेनन् । यसबाट हरिवन प्रहरीको संरक्षणमा हरिवन क्षेत्रमा जुवा तास हुन्छ भन्ने प्रमााणित हुने जानकारहरु बताउँछन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech