तीन मध्य दुई चिनी उद्योग सञ्चालन,इन्दुशंकर मंसिर अन्तीम साताबाट चल्ने

451 Shares

 सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग र बगदहमा रहेको महालक्ष्मी चिनी उद्योग सञ्चालनमा आएका छन्।तीनवटा चिनी उद्योग रहेको सर्लाहीमा अन्नपूर्ण चिनी उद्योग र बगदहमा रहेको महालक्ष्मी चिनी उद्योग सञ्चालनमा आएका भएपनि इन्दु शंकर चिनी उद्योग केही दिनपछिबाट मात्रै सञ्चालनमा आउने भएको छ ।
धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले बलरा नगरपालिका र रामनगर गाउँपालिकाका साथै सीमावर्ती क्षेत्रका उखु उत्पादक किसानहरुबाट उखु खरिद गरेर क्रसिङ सुरु गरेको उद्योगका सञ्चालक शैलेन्द्र गुप्ताले जानकारी दिए।सीमावर्ती क्षेत्रबाट उद्योगले उखु ल्याएर धमाधम क्रसिङ गरिरहे पनि आफूहरुले उद्योगबाट पुरानो बक्यौता नै नपाएकाले तत्काल उखुु नदिने अवस्थामा सो क्षेत्रका किसानहरु रहेका छन् ।
यो वर्ष उखुको मूल्य निर्धारण हुन बाँकी नै रहेकाले उद्योगले तत्काल गतवर्ष कै मुल्य अनुसार किसानहरुलाई प्रतिक्विन्टल रु पाँच सय ६५ का दरले भुक्तानी दिने सहमती गरेर उखु उत्पादक किसानहरुबाट उखु लिइरहेको छ ।बगदह स्थित रहेको महालक्ष्मी चिनी उद्योगले पनि उखु क्रसिङ सुरु गरेको उद्योगका उखु प्रवन्धक पवन सिंह यादवले जानकारी दिए।महालक्ष्मीले उखु उत्पादक किसानहरुलाई अघिल्लो वर्षको रु दुुई करोड भुक्तानी दिन बाँकी रहेको छ।उद्योगले १० दिनभित्र पुरानो बक्यौता र नयाँ उखुको भुुक्तानी दिने सहमती भएकाले किसानहरुले उखु दिएका गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र यादवले जानकारी दिए ।
यस्तै,हरिवन नगरपालिका ११ स्थित रहेको इन्दुशंकर चिनी उद्योग मङ्सिर २७ गतेदेखि चालू गर्ने तयारी भइरहेको उद्योगका प्रशासन शाखाका प्रमुख ठाकुर नेपालले बताए।उनका अनुसार उद्योगले उखु उत्पादक किसानहरुलाई अघिल्ला वर्षहरुको सम्पूर्ण भुक्तानी गरिसकेको छ।नेपाल मै रहेका चिनी उद्योगहरुको तुलनामा इन्दु शंकरले हरेक वर्ष किसानहरुको भुत्तानी समय मै गरेर फरक छाप छाडेका कारण किसानहरुले ढिलै भएपनि इन्दु शंकर बाहेकका अरु उद्योगलाई उखु कमै दिने किसान अगुवाहरुको भनाई छ ।
 तराई मधेशका चिनी उद्योग धमाधम संचालनमा आएपनि सरकारले उखुुको मूल्य तोक्न बाँकी नै रहेको छ।वर्षेनि झैँ सरकारले उद्योगीको इसारामा उखुुको मूूल्य तोक्ने प्रयास गरिरहेको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले आरोप लगाए ।

सम्बन्धित समाचार