लालबन्दी माेडेल अस्पताल प्रा.लिद्वारा रक्तदान कार्यक्रमकाे आयाेजना

1.6k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ६ मा रक्तदान कार्यक्रम गरिएको छ । लालबन्दी नगरपालिका ६  स्थित लालबन्दी माेडेल अस्पताल प्रा.लिकाे आयाेजना तथा किसान कल्याण युवा समूहकाे सह आयाेजना र नेपाल रेडक्रस साेसाईटी बर्दिवासकाे समन्वयमा रक्तदान कार्यक्रम गरिएको हाे । 
कार्यक्रमकाे उद्घाटनमा हरिपुर नगरपालिकामा नगर प्रमुख गाेपार पंजियारकाे प्रमुख आतिथ्ता तथा उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकी मगर(दिपक),उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कल्याण कुमार जाेशी र ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्की लगायतकाे विशेष उपस्थिति रहेकाे छ ।
पछिल्लो समय डेंङ्गाेकाे संक्रमण बढेकाे र देशभर रगतकाे अभाव रहेका कारण साे अभाव परिपुर्ति गर्न भन्दै रक्तदान कार्यक्रमकाे आयाेजना गरिएको लालबन्दी माेडल अस्पताल प्रा.लिका सञ्चालक डा. आलाेक कुशवाहले बताए ।

सम्बन्धित समाचार