सर्लाहीको लालबन्दी नगरपालिका १७,रानिगन्ज घिमिरे चोकमा जेठ ५ गते सोमबार भएको सवारी दुर्घटनामा मृत्यु भएकी चन्द्रा पन्त(सोना)का परिवारले करिब दुई घण्टा चक्का जाम गरेका छन्।पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी नगरपालिका १७,रानिगन्ज घिमिरे चोकमा जेठ ५ गते सोमबार भएको सवारी दुर्घटनामा मृत्यु भएकी पन्तका परिवारले करिब दुई घण्टा चक्का जाम गरेका हुन ।

शुक्रबार दिउँसो करिब १ः५० बजेबाट सुरु भएको चक्का जाम करिब ४ः०० खुलेको थियो । लालबन्दी नगरपालिका १७,रानिगन्ज घिमिरे चोकमा जेठ ५ गते सोमबार बसले म्याजिकलाई ठक्कर दिँदा स्थानीय अन्दाजी २२ वर्षीया पन्तको घटनास्थल मै ज्यान गएको थियो।त्यसपछि मृतक पन्तको शव प्रादेशिक अस्पतालमा राखेर सम्बन्धीत बस व्यावसायीहरुसंग निरन्तर छलफल भएपनि कुनै सहमती नभएपछि पीडित परिवार आन्दोलीत भएका हुन।करिब दुई घण्टा आन्दोलन गरेपछि राहत रकमको सम्वन्धमा बस व्यवसायी संघसँग सहमती भएपछि पीडित परिवार र स्थानीयले चक्का जाम स्थगित गरेका हुन् ।
सहमतीसँगै प्रादेशिक अस्पताल मलंगवामा रहेको पन्तको शव मृतकका परिवारले बुझेर परम्परागत रुपमा दाहसंस्कार गरेका छन् ।पूर्व पश्चिम राजमार्ग अन्र्तगत लालबन्दी नगरपालिका १७,रानिगन्ज घिमिरे चोकको डाइभर्सनमा जेठ ५ गते सोमबार यात्रु ओरालेर भाडा उठाइरहेका बेला ना. १ ज २६४५ नम्वरको म्याजिकलाई विराटनगरबाट सर्लाही सदरमुकाम मलंगवा तर्फ आउँदै गरेको ना. ६ ख ७२२७ नम्वरको बसले ठक्कर दिँदा म्याजिकलाई भाडा तिर्दै गरेकी पन्तको मृत्यु भएको थियो भने अन्य आठ जना घाइते भएका थिए ।