सर्लाहीको हरिवनका तीन औषधी पसलहरुमा सिल

63 Shares

सर्लाहीको हरिवन नगरपालिका भित्रका विभिन्न स्थानमा रहेका नीजि औषधी पसलहरुले मापदण्ड विपरित निषेधित ओैषधी बिक्री वितरण गरेको पाइएको छ ।हरिवन नगरपालिका ९ नयाँ रोड र हरिवन नगरपालिका ११ स्थित हरिवन बजारमा रहेका नीजि औषधी पसलहरुको अनुगमन गर्दा तीनवटामा मापदण्ड विपरित निषेधित ओैषधी बिक्री वितरण गरेको पाइएको भन्दै सिल गरिएको औषधी व्यवस्था विभाग शाखा वीरगन्जले जनाएको छ ।

m2.jpeg
कार्यालयका अनुसार हरिवन नगरपालिका ११ स्थित हरिवन बजारमा रहेको न्यु कुश्वाहा मेडिकल हल र कुश्वाह मेडिसिन्स फर्मा त्यसैगरी हरिवन नगरपालिका ९ नयाँरोडमा रहेको  नयाँरोड सिटि हेल्थकेयर हस्पिटल प्रा.लिमा मापदण्ड विपरित निषेधित ओैषधी बिक्री वितरण गरेको पाइएपछि सिल गरिएको हो ।

m4.jpeg
हरिवन नगरपालिकाका विभिन्न स्थानमा रहेका नीजि औषधी पसलहरुको अनुगमन गर्दा मापदण्ड विपरित विक्री वितरणका लागि राखिएका निषेधित तथा म्याद नाघेका विभिन्न किसिमका औषधीहरु समेत बरामद् भएपछि सिल गरिएको औषधी व्यवस्था विभाग शाखा वीरगन्जले जनाएको छ ।

m5.jpeg
पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरुमा अवैध तरिकाबाट नीजि औषधी पसलहरु खुलेआम रुपमा सञ्चालन भई रहेका भएपनि सरोकारवाला निकाय मौन देखिएको छ।जसको प्रत्यक्षमारमा जिल्लाबासी सर्वसाधारणहरु परिरहेका छन् ।औषधी व्यवस्था विभाग शाखा वीरगन्जले पनि कसैले सुराकी गरेको अवस्थामा मात्रै अनुगमन गर्ने गरेको पाइएको छ ।

सम्बन्धित समाचार