सर्लाही र रौहतटकाबाट तीन थान बन्धुक १५ किलो हरिणको मासु र खयरको डमरुसहित एक जना पक्राउ

317 Shares

सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगर स्थित नाखा टोलबाट एउटा भरुवा बन्दुक सहित हरिणको मासु बरामद् भएको छ।हरिपुर नगरपालिका १ जानकीनगर स्थित नाखा टोलबाट बिहीबार एउटा भरुवा बन्दुक र १५ किलो हरिणको मासु बरामद् भएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाको आधारमा डिभिजन वन कार्यालय लालबन्दी सर्लाही र सव डिभिजन वन कार्यालय जानकीनगरबाट खटिएको वनकर्मीहरुको टोलीले हरिपुर नगरपालिका १ जानकीनगर स्थित रहेको जानकी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दिनेश वि.क.को घरबाट अन्दाजी दुई किलो र स्थानीय हरिनारायण महराको घरबाट अन्दाजी १३ किलो हरिणको मासु बरामद् भएको हो भने महराको खेतबाट एउटा भरुवा बन्दुक समेत बरामद् भएको हो ।
घरबाट हरिणको मासु बरामद भए पनि सामुदायिक वनका अध्यक्ष वि.क. र स्थानीय महरा भने फरार भएका सव डिभिजन वन कार्यालय जानकीनगरका प्रमुख एवम रेन्जर प्रेम प्रकाश विष्टले जानकारी दिए ।उनका अनुसार फरार रहेकादुवै जनाको खोजीकार्य जारी रहेको साथै  नियन्त्रणमा लिएको भरुवा बन्दुक र हरिणको मासु आवश्यक अनुसन्धान तथा कार्बाहीका लागि डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीमा राखिएको छ ।
बरामद् भएको भरुवा बन्दुकमा टाढासम्म उज्यालो फाल्ने “टर्च लाइट” फिट गरिएकाले उक्त हतियार पेसेवर सिकारीले वनजन्तुको सिकार गर्न प्रयोग गर्दै आएको हुनसक्ने वनकर्मीहरुले आशंका गरेका छन् ।त्यसैगरी डिभिजन वन कार्यालय चपुर रौतहटले दुई थान बन्दुक र २० थान खयरको डमरुसहित एक जनालाई पक्राउ गरेको छ ।चन्द्रपुर नगरपालिका ३ स्थित चुरे क्षेत्रको ख्याकु गाउँबाट बन्दुक र वनबाट अवैध कटानी गरी ल्याएको खयर काठको डमरुसहित स्थानीइ कान्छामान जिम्बालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय चपुर रौतहटका प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिए ।

img-20241023-wa0027_S22y427qes.webp
उनका अनुसार चन्द्रपुर नगरपालिका ३ स्थित चुरे क्षेत्रको ख्याकु गाउँमा अवैध रूपमा खयर काटेर डमरु कारखाना सञ्चालन हुँदै आएको भन्ने विशेष सूचनाको आधारमा जिम्बाको गोठमा पुगेको डिभिजन वन कार्यालय चपुर रौतहटको वनगस्ती टोलीले छापामारी गर्ने क्रममा दुई थान भरुवा बन्दुक र २० थान खयरको डमरु सहित जिम्बालाई पक्राउ गरेको हो ।नियन्त्रणमा लिएको बन्दुक,खयरको डमरु र जिम्बालाई डिभिजन वन कार्यालय चपुर रौतहटको नियन्त्रणमा राखी आवश्यक अनुसन्धान सुरु भएको डिभिजन वन कार्यालय चपुर रौतहटले जनाएको छ ।

सम्बन्धित समाचार