लालबन्दी–५ मा गुणस्तरहीन नाला निर्माण,इन्जिनियर पण्डीत बेखबर

260 Shares

सर्लाहीको लालबन्दी नगरपालिका–५ स्थित रन्जितपुरमा नाला निर्माण गर्दा गुणस्तरहीन भएको पाइएको छ।लालबन्दी नगरपालिकाले ठेक्का आव्हान गरेर २०८३ बैशाख १० गते जनकपुरको विवेक÷पवन जेभी कम्पनीले लालबन्दी नगरपालिकाका विभिन्न वडाहरुमा नाला निर्माण गर्ने भन्दै दुई करोड ४३ लाख १४ हजार तीन सय ४८ रुपैँया दुई पैसामा ठेक्का सकार गरेको थियो ।
संघीय अनुदान तर्फको बहुवर्षिय कार्यक्रम अन्र्तगत लालबन्दी नगरपालिकाले ठेक्का लगाएको नाला निर्माण कहाँ कति नाला बनाउने भन्ने नभई एकैपटक लालबन्दी नगरपालिकाका विभिन्न वडाहरुमा नाला निर्माण गर्ने भन्दै ठेक्का लगाएर गुणस्तरहीन काम गर्दापनि लालबन्दी नगरपालिकाको प्राविधिक शाखा बेखबर देखिएको छ।
बजेटको सुनिश्चितता भएपनि उत्त बजेट खर्च गर्ने ठाउँको सुनिश्चितता नहुदैँ कमिसनको भरमा ठेक्का लगाउने र निर्माणस्थलको अनुगमन समेत नगर्दा निर्माण कम्पनीले गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोग,प्राविधिक स्टमेट विपरित काम गरेको कमलामाई मिडिया प्रा.लि.लाई जानकारी प्राप्त भएपछि स्थलगत गर्दा निर्माण स्थलमा सूचना बोर्ड नराखेको,निर्माण सामाग्री गुणस्तरहीन प्रयोग गरिएको,ढलान गर्दा विद्युत चोरी गरेर भाईब्रेट लगाईएको,रड प्रयोग गर्नुपर्ने स्थानमा बाँसको भाडा प्रयोग गरिएको लगायत रड समेत मापदण्ड विपरितको प्रयोग गरिएको पाइएको छ।सो विषयमा लालबन्दी नगरपालिकाका इन्जिनियर रोशन पण्डीतलाई जानकारी गराउँदा आफुले स्थलगत अनुगमन गर्ने बताएका भएपनि शुक्रबार उनी कार्यालय छाडेर संघीय राजधानी तर्फ गएका नगरपालिका स्रोतले जनाएको छ।कमिसन असुल्न माहिर मानिएका इन्जिनियर पण्डीत माथि धेरै निर्माण कार्यहरुमा कमिसन असुलेर प्राविधि पक्षमा ध्यान नदिएका आरोपहरु आउने गरेका छन् । निर्माणस्थलमा सार्वजनिक खरिद ऐन विपरित पाइएपनि निर्माण व्यवसायीले कमलामाई मिडिया प्रा.लि.लाई विभिन्न मानिसहरु मार्फत दवावमुलक फोन गर्न लगाएपछि उनी आफ्नो कामको गुणस्तर सुधार गर्ने पक्षमा नदेखिएका प्रष्ट हुन्छ ।

सम्बन्धित समाचार