199
Shares
सर्लाहीको मलंगवा नगरपालिका २ स्थित पब्लिक मा.वि.को अगाडि रहेको तरकारी बजारमा जीर्ण भएको ट्रास्ट हटाएर सटर सहितको ट्रस्ट निर्माण गर्ने कमाम सुरु भएको छ ।

मलंगवा नगरपालिका २ स्थित झण्डा बजारको व्यवस्थापन तथा स्तरोउन्नी योजना अनुसार जीर्ण अवस्थामा रहेको पुरानो ट्रस्टलाई हटाएर नयाँ सटर सहितको ट्रस्ट निर्माण गर्ने काम सुरु भएको मलंगवा नगरपालिका २ का वडा अध्यक्ष धिरेन्द्र साहले जानकारी दिए ।

उनका अनुसार पुर्वाधार विकास कार्यालय मलंगवा सर्लाहीको रु ३० लाखको लागतमा एक पाखे सटर सहितको ट्रस्ट निर्माण कार्य धमाधम भई रहेको हो।सुजय कुमार यादवको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर सटर सहितको ट्रस्ट निर्माण भएको हो ।