Close This

लालबन्दी १६ मा स्थानियले थाले गाउँघर सरसफाई अभियान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-११ गते   २२७० पटक हेरिएको

सर्लाहीको लाललबन्दी नगरपालिका १६ का स्थानियले आफ्नो गाउँघर सरसफाई गरेका छन् । लालबन्दी नगरपालिका १६ को श्री ५ दिपेन्द्र स्मृती सामुदायिक वन उपभोक्ता समिति र जनज्योती आधारभुत विद्यालयको संयुक्त पहलमा आफ्नो गाउँघर सरसफाई अभियान शुरु भएको सामुदायिक वनका अध्यक्ष गंगा बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
नेपालीहरुको चाडपर्व शुरु हुनै लाग्दा लालबन्दी नगरपालिका १६  अन्र्तगत रहेका मुख्य सडक खण्डहरुका किनारामा रहेका झ्याडी हटाउने र गाउँघर सरसफाई गर्ने अभियान शुरु गरिएको लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश थापाले जानकारी दिनु भयो । उहाँका अनुसार मुखय सडक खण्डका किनाराहरुमा रहेका झ्याडीका कारण सवारी दुर्घटना हुनुको साथै गाउँघरको शुन्दरता हराएको भन्दै स्थानिय सामुदायिक वन,विद्यालय र वडा कार्यालयको संयुक्त आयोजनामा सरसफाई अभियान शुरु गरिएको हो ।
अभियानले लालबन्दी नगरपालिका १६ का सबै सडकहरुका साथै गाउँघर आसपासमा  रहेका झ्याडी हटाउने सरसफाई गर्ने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech