मधेश प्रदेशका ८ मध्य चार जिल्लाका विभिन्न सात वटा वडामा आईतबार भएको उप निर्वाचनको मत परिमाण सार्वजनिक भएको छ ।जस अनुसार मधेश प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका १ मा जनता समाजवादी पार्टी नेपालका धिरेन्द्र कुमार साह विजयी भएका छन् ।छ सय ५२ मत प्राप्त गर्दै साह विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भूलिया देवी थरुनीले पाँच सय ८७ मत प्राप्त गरेकी छन् ।
डाक्नेश्वरी नगरपालिका ४ मा पनि जनता समाजवादी पार्टी नेपालका देवेन्द्र प्रसाद यादव तीन सय ७२ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले दुई सय ७७ मत प्राप्त गरेका छन् ।धनुषाको धनुषाधाम नगरपालिका १ मा नेकपा(माओवादी केन्द्र)का सुनिल कापर केवट छ सय ८४ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका अशोक कुमार मण्डलले छ सय दुई मत प्राप्त गरेका छन् ।
महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा भएको नेकपा(एमाले)का सकिवुल खां छ सय ३१ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा(माओवादी केन्द्र)की आईती कुमारी यादवले पाच सय ३४ मत प्राप्त गरीन् ।रौतहटको इशनाथथ नगरपालिका ७ मा नेपाली कांग्रेसका शेष अबदुल खलिक छ सय २७ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा(एमाले)का शेष अनवारले पाँच सय ७५ मत प्राप्त गरेकाछन् ।
राजपुर नगरपालिका ६ मा भएको उन निर्वाचनमा नेपाली कांग्रेसका समसे आलमले सात सय ४४ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा(माओवादी केन्द्र)का जिकरु लाहले चार सय ७३ मत पाएका छन् ।त्यसैगरी रौतहटकै गढीमाई नगरपालिका ८ मा भएको निर्वाचनमा नेकपा(एकिकृत समाजवादी)का वजरंगी प्रसाद यादव छ सय ५५ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा(एमाले)की जीउती देवी यादवले छ सय ३१ मत प्राप्त गरेकी निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार मधेश प्रदेशका चार जिल्लाका सात वडा वडामा भएको उप निर्वाचनमा जनता समाजवादी पार्टी(जसपा)नेपाल र नेपाली कांग्रेस समान दुई/दुई स्थानमा निर्वाचित भएको छ भने नेकपा(एमाले),नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी) पार्टीबाट समान एक/एक स्थानका उम्मेदवार विजयी भएका छन् ।विभिन्न कारणले जनप्रतिनिधिहरु रिक्त रहेका स्थानहरुमा मंसिर १६ गते आईतबार स्थानीय तहहरुको उप निर्वाचन भएको थियो । जसको मत परिमाणहरु धमाधम सार्वजनिक भई रहेका छन् ।