राप्रपा मोरङ क्षेत्र नम्बर १ प्रदेश सभा क को अधिवेशन सम्पन्न

448 Shares

मोरङको क्षेत्र नम्बर १ प्रदेश सभा क को राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को प्रादेशिक अधिवेशन सम्पन्न भएको छ।शुक्रबार भएको अधिवेशनले प्रेमराज नेपालको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय  प्रजातन्त्र पार्टी(राप्रपा) मोरङ क्षेत्र नम्बर १ प्रदेश सभा क समिति निर्वाचित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङ क्षेत्र नम्बर १ प्रदेश सभा क का अध्यक्ष धर्मराज शाक्याको अध्यक्षता एवम राष्ट्रिय  प्रजातन्त्र पार्टी(राप्रपा) का केन्द्रीय महामन्त्री प्रल्हाद साहको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले नेपालको अध्यक्षतामा  १५ सदस्यीय राष्ट्रिय  प्रजातन्त्र पार्टी(राप्रपा) मोरङ क्षेत्र नम्बर १ प्रदेश सभा क समिति निर्वाचित गरेको हो ।समितिको अध्यक्षका लागि निवर्तमान अध्यक्ष शाक्य र नवनिर्वाचित अध्यक्ष नेपाल चुनावी मैदानमा उत्रिएका थिए।अध्यक्ष पदका उम्मेदवार नेपालले कुल ५९ मत मध्य ४१ मत पाई अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिद्धन्द्धी निवर्तमान अध्यक्ष शाक्यले १८ मत पाएका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङ जिल्ला समिति सदस्य एवम निर्वाचन समिति सदस्य शोभा प्याकुरेलले जानकारी दिईन्।उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय सदस्य मनोज बस्नेत,होम गौतम,
निर्वाचन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय सल्लाहकार उद्धव चन्द्र घिमिरे र राष्ट्रिय  प्रजातन्त्र पार्टी(राप्रपा)मोरङका जिल्ला अध्यक्ष गोपाल कटुवालको विशेष उपस्थितिमा अधिवेशन सम्पन्न भएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङका जिल्ला सचिव तथा निर्वाचन समितिका सचिव जय प्रसाद सिटौलाले जानकारी दिए।साथै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) निकट प्रजातान्त्रीक युवा संगठन मिक्लाजुङ गाउँ समिति समेत गठन गरेको छ ।

सम्बन्धित समाचार