अवैध उत्खनन् गर्ने जेसिवी र ट्याक्टर प्रहरीको नियन्त्रणमा

1.1k Shares

शंखर पहाडी( गाैरब)
सर्लाहीकाे ईश्वरपुर नगरपालिका ४ बाट  नदीजन्य पदार्थ अवैध तरिकाबाट उत्खनन् गर्दै गर्दा एउटा जेसिवी र दुई वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईश्वरपुर नगरपालिका ४ स्थित सागरनाथ वन विकास परियाेजना अन्तर्गत पर्ने अमुवा खाेल्सीमा अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन् गरि रहेकाे सुचनाकाे आधारमा पुगेकाे प्रहरी टाेलीले उत्खनन् गर्दै गर्दा बा १ क ७५९४ नम्बरकाे जेसिवी र ज १ त ५३८३ र ज २ त ६११ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासले जनाएको छ ।
प्रहरीका अनुसार जेसिवी नै लगाएर ६ वटा ट्याक्टरबाट नदी जन्य पदार्थ उत्खनन् गरि रहेकाे अवस्थामा प्रहरी पुगेपछि प्रहरीलाई देखेपछि चार वटा ट्याक्टर भागेका र दुई वटा ट्याक्टर र एउटा  जेसिवी नियन्त्रणमा लिएको हाे ।
सागरनाथ वन विकास परियाेजनाका कार्यालय प्रमुख राम किशाेर यादवले आर्थिक चलखेल गरि नदीजन्य पदार्थ उत्खनन् गर्न दिएका भन्ने सुचना प्राप्त भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टाेली पुगेपछि ईश्वरपुर नगपालिका ४ का निवर्तमान अध्यक्ष टंक बहादुर लामा र वर्तमान वडा अध्यक्ष प्रेम बहादुर थिङ जेसिवी र ट्याक्टर छुटाउन लागि परेका  छन् ।
करिब आठ महिनादेखि परियाेजनाका एक सय ४६ जना कर्माचारीहरुले तलब खान नपाएका भए पनि परियाेजना प्रमुख यादव आर्थिक चलखेलमा लाग्दा परियाेजना भित्रका खाेल्सीहरुमा जेसिवी नै लगाएर नदीजन्य पदार्थ उत्खनन् गर्न सहजता प्रदान गरि माेज गरि रहेका छन् । उनले परियाेजनाका विभिन्न स्थानमा रहेका पाेखरीहरु पनि आर्थिक चलखेल गरि स्थानीयलाई गरि खान भनी दिएका समेत रहस्य बाहिरिएको छ ।
त्यस्तै परियाेजनाका यस अघिका कार्यालय प्रमुखहरुले परियाेजनाकाे क्षेत्र भित्र अतिक्रमण हुन नदिने भन्दै राेकेका कामहरु हालका कार्यालय प्रमुख यादवले आर्थिक चलखेलमा परि  त्यस्ता क्षेत्रहरुमा घर टहरा बनाउन दिएका,पाेखरी खन्न दिएका,वनजङ्गल चाेरी तस्करी हुँदा समेत माैन बसेका  स्थानीयकाे आराेप छ ।
परियेजनाका काठ,दाउरा ठेक्का नलगाउने र बाहिरबाट अवैध तरिकाबाट कमिसन असुलीमा कार्यालय प्रमुख यादव तल्लिन भएका पाईएकाे छ । यस अघिका कार्यालय प्रमुखहरुले सबै कर्माचारीहरुकाे तलब समयमै खुवाउने गरेका भए पनि हालका कार्यालय प्रमुख यादवले वेवास्था गरेका कारण कर्माचारीहरु पीडित भएका छन् ।

सम्बन्धित समाचार