Close This

महासंघलाई प्रेस सेन्टर सर्लाहीको प्रस्ताव पेश

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-६ गते   ६५५ पटक हेरिएको

नेपाल पत्रकार महासंघको सदस्यता लिएका  गैरपत्रकारलाई हटाउन प्रेस सेन्टर  नेपाल सर्लाहीले माग गरेका छन् । सर्लाही  शाखामा रहेका गैर पत्रकारलाई महासंघबाट  सर्लाहीका अध्यक्ष पत्रकार शंखर पहाडी(गाैरब)ले हस्ताक्षर गरेको  प्रेस विज्ञप्तिमा यस्तो माग गरिएको छ ।
जिल्लामा अधिकांश गैर पत्रकारलाई केन्द्रका मिडियाबाट सदस्यता वितरण गर्नु र ती गैर पत्रकार जिल्ला शाखामा स्थानान्तरण गराइनु अत्यन्तै खेदजनक र निन्दनीय कार्य भएको भन्दै यस प्रकारका कार्यहरु प्रति आपति जनाउँदै प्रेस सेन्टर नेपाल सर्लाहीले विज्ञप्ति  निकालेकाे सचिव रमेश अधिकारी(रितिक) ले  जानकारी दिए ।
‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय र उपत्यकाका शाखाहरुले गैर पत्रकारहरुलाई विभिन्न सञ्चार  माध्यामबाट सदस्यता दिएर स्थानान्तरण गरिएका ती सदस्यहरू कुन मापदण्डको आधारमा समावेश गरि शाखामा अभिलेख राख्न पठाइएको हो, साथै सर्लाही शाखाले पुस्तम पसल सञ्चालक,शिक्षक,काेचिङ्ग सेन्टर सञ्चालक  र विभिन्न राजनैतिक दलमा सक्रिय राजनगरि रहेका मानिसहरुलाई  सदस्यता प्रदान गरिनु र त्यसका कारण पत्रकारहरु सदस्यता पाउनबाट बन्चित हुनु पर्ने अवस्था सेजना भएको भन्दै यसकाे जवाफ केन्द्रीय समिति,प्रदेश समितिले तत्काल सर्लाही शाखामा आधिकारिक जानकारी गराउन माग गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार महासंघमै रहेका व्यक्तिले आफन्त तथा नालनाता पर्ने गैर पत्रकारलाई सदस्यता दिलाइएको समेत पाईएकाे विज्ञप्तिमा उल्लेख छ ।
साथै नेपाल पत्रकार महासंघकाे संसाेधित विधान २००५ दफा ७ काे उपदफा १ काे खण्ड(ङ) मा नेपाल पत्रकार महासंघ सदस्य पत्रकारीता पेशाबाट अलग भएमन निजकाे सदस्यता स्वतह खारेज हुने व्यावस्था छ । साथै गैर पत्रकारलाई सदस्यता प्रदान गरिदा पत्रकारकाे धर्म र कर्ममा समेत आँच आउने खालका गतिविधिहरु समेत हुने गरेका विवरणहरु अवगत गराउँदै यस तर्फ ध्यान दिन नेपाल पत्रकार महासंघ सर्लाही शाखा,मधेश प्रदेश समिति र केन्द्रीय समितिलाई प्रेस सेन्टर नेपाल सर्लाही अनुराेध समेत गर्दछ । विज्ञप्तिमा भनिएकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech