दुवै देशका सुरक्षाकर्मीहरुले पनि मनाए लागुऔषध दुरुपयोग विरुद्ध अन्तर्राष्ट्रिय दिवस

408 Shares

“स्वास्थ्य,सत्य र सुरक्षित समाजको प्रतिबद्धता,लागुऔषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता”भन्ने मूल नाराका साथ सर्लाहीमा पनि लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ।जिल्ला प्रशासन कार्यालय सर्लाहीको आयोजना र जिल्ला प्रहरी कार्यालय सर्लाही तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीको सहकार्यमा लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए ।उनका अनुसार दिवशको अवसरमा मलंगवा नगरपालिकामा प्रभातफेरी सहित जनचेतनामूलक सडक नाटक समेत प्रस्तुत गरिएको थियो ।

ddddd.jpeg
प्रमुख जिल्ला अधिकारी श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा सप्ताहव्यापी लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
यता,लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाही र सशस्त्र सीमा बल(एसएसबी)ले पनि नेपाल भारत सिमामा संयुक्त रुपमा कार्यक्रम गरेको छ।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक सुमन ढुंगाना र सशस्त्र सीमा बल(एसएसबी) ५१ बटालियन सितामाढीका सशस्त्र प्रहरी नायव उपरिक्षक रन्जीत वैद्यको नेतृत्वमा जम्मा भएका दुवै देशका सुरक्षाकर्मीहरुले“लागू पदार्थ दुरुपयोग तथा अवैध तस्करी र नसा मुक्त भारत,नसामुक्त समाज आन्दोलन”लगायतका नाराहरु लेखी प्लेकार्ड सहित दिवश मनाएका हुन।ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवननगर स्थित नेपाल भारत सिमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरुले संयुक्त रुपमा जनचेतनामूलक कार्यक्रम गरी लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाएका हुन । 
लागुऔषधले युवा पुस्ताको भविष्य अन्धकारतर्फ धकेल्ने खतरा रहेको भन्दै सचेतना र सामाजिक ऐक्यबद्धताको आवश्यकता रहेको कार्यक्रममा सहभागी सुरक्षाकर्मीहरुले बताए ।नेपाल भारत खुल्ला सिमाका कारण दुवैतर्फ लागुऔषध विरुद्धको अभियानलाई अझ सशक्त बनाउन स्थानीय निकाय,शैक्षिक संस्था र सुरक्षाकर्मीबीच सहकार्यको खाँचो रहेको उनीहरुको भनाई छ ।

सम्बन्धित समाचार