Close This

प्रतिनिधि सभा विघटन विरुद्ध सर्लाहीमा अनेरास्ववियूको मसाल जुलुस

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१० गते   ७३३ पटक हेरिएको

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को भातृ संगठन अनेरास्ववियू  सर्लाहीले मसाल जुलुस गरेको छ । अनेरास्वावियु सर्लाहीले सर्लाहीको हरिवनमाा विरोध प्रदर्शन गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नु गैर संवैधानीक रहेको भन्दै मसाल जुलुस निकालेको हो । 
पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाहीको हरिवनमा  अनेरास्ववियू सर्लाहीका सयौँं नेता कार्यकर्तासहितको उपस्थितीमा मसाल जुलुस निकालीएको अनेरास्ववियू सर्लाहीका संयोजक विवेक मैनालीले जानकारी दिनु भयो । 
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध सर्लाहीका सबै युवा शक्ति एक भएर लाग्नु पर्ने मसाल जुलुस पछिको कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियू सर्लाहीका संयोजक मैनालीले  बताउनु भयो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले देश र जनताको हित विरुद्ध गैर संवैधानिक कार्य गरेको भन्दै सडक संघर्षमा उत्रन सर्लाहीका सबै युवा शक्तिलाई संयोजक मैनालीले आग्रह गर्नु भयो ।
 त्यसैगरि अनेरास्ववियू केन्द्रीय लेखा आयोगका सदस्य राजकुमार विकले सर्वाेच्च अदालतले जनताको पक्षमा निर्णय गर्ने विश्वास लिएको बताउनु भयो । उहाँले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले देश र जनतालाई घात गरेको बताउँदै प्रतिनिधि सभा विघटनविरुद्ध निश्पक्ष भएर निर्णय गर्न पनि सर्वाेच्च अदालत समक्ष आग्रह गर्नु भएको अनेरास्ववियू सर्लाहीले जनाएको छ ।
अनेरास्ववियू सर्लाहीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली विरुद्ध चर्काे नाराबाजी समेत गरेको थियो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का युवा नेता सचिन उपाध्याय(टाइगर)ले प्रतिनिधि सभा पुर्नस्थापनाका लागि सर्लाहीका युवाहरु वलिदानी गर्न पनि तयार रहेको बताउँदै प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्नु भयो । अनेरास्ववियूका सयौँँ नेता कर्याकर्ताको उपस्थितीमा भएको कार्यक्रममा वक्ताहरुले प्रतिनिधि सभा पुनस्र्थापना गर्नु पर्ने,राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई पार्टीले साधारण सदस्य समेत नरहने गरि कार्बाही गर्नु पर्ने माग गर्दै निरन्तर आन्दोलन गर्ने बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech