नेपाल भारत सिमा क्षेत्रका जिल्लाहरुका सिमानाकामा कडाई गर्न सुरु गरिएको छ । भारतसंग खुल्ला सिमाना रहेका मधेश प्रदेश सहितका जिल्लाहरुका सिमानामा भारतिय सिमा सुरक्षा शसस्त्र प्रहरी वल(एसएसबी)ले कडाई गरेको हो ।
नेपालको सिमा हुँदै भारतमा विभिन्न अपराधिक गतिविधि गर्ने मानिसहरु प्रवेश गर्ने गरेका भन्दै त्यस प्रकारको कार्यरोक्न भन्दै भारतिय सिमा सुरक्षा शसस्त्र प्रहरी वल(एसएसबी)ले सिमा क्षेत्रमा आवत जावत गर्ने मानिसहरुलाई आफ्नो विस्तृत विवरण खुल्ने सरकारी परिचय पत्रका साथै नेपाली नम्बरका सवारी साधनहरुको सहकमा दसतावासबाट भएको सिफारिस लिएर हिड्न भन्दै सिमानामा कडाई गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्दैदेव यादवले जानकारी दिए ।
उनका अनुसार सिमानाकाहरुमा भारतीय सुरक्षाकर्मीहरुले परिचयपत्र अनिवार्य गर्नुका साथै नेपाली सवारीसाधनहरुलाई आवत जावत गर्न दुतावासको सिफारिस अनिवार्य गरेका छन् ।
नेपाल–भारत सीमामा तैनाथ भारतीय सुरक्षाकर्मी (एसएसबी) ले ओहोरदोहोर गर्ने नेपाली र भारतीयहरुलाई अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने कागजात लिएर हिड्न र नेपाली सवारीसाधनहरुको हकमा दुतावासबाट सिफारिस लिएर मात्रै हिड्न आग्रह गरेका छन् । पहिलाजस्तो बिना परिचयपत्र सहजै भारत आवत जावत गर्न अहिले भारतीय सुरक्षाकर्मीले रोक लगाएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
पछिल्लो समय भारतीय संचारमाध्यममा चर्चामा रहेकी पाकिस्तानी महिला सीमा हैदर महोत्तरीको भिठामोड नाका हुँदै भारत प्रवेश गरेकी भन्ने विभिन्न सञ्चार माध्यामहरुबाट समाचार प्रकाशन,प्रसारण भएपछि (एसएसबी) ले नाकामा कडाइ गर्दै नागरिकहरुको परिचय पत्र अनिवार्य र सवारीसाधनहरुको हकमा दुतावासको सिफारिस अनिवार्य गरेको महोतरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताए ।
पाकिस्तानी नागरिक हैदर मे १३ मा काठमाडौंबाट महोत्तरीको भिठामोड हुँदै सहज रुपमा भारत प्रवेश गरेपछि अहिले भारतीय अधिकारीहरुले हैदरको बारेमा गहन छानबिन गरिरहेका र सिमानाको सहज प्रयोगबाट यो समस्या आएको भन्दै सिमामा कडाई गरेका रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।
यता,सिमानाकामा कडाई गरेपछि नेपाल तर्फपनि गैर कानुनी कार्य घट्ने साथै अपराधिक गतिविधिहरुमा कमी आउने सुरक्षामा अधिकारीहरुको भनाइ छ । नेपाल र भारत विच रोटी बेटीको सम्बन्ध रहेको र भारतिय सुरक्षाकर्मीले यसरी गरेको कडाईले मधेश प्रदेशका साथै सिमानाका क्षेत्रका रहेका नेपाली सर्वसाधारणहरुलाई निकै मार परेको स्थानीय जानकारहरु बताउँछन् ।