Close This

प्रहरी उपरिक्षक गुरुङको कार्यशैलीमाथी आशंका,असई र सईलाई आश्रय,तल्लो दर्जालाई तनाव

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२६ गते   ६०१ पटक हेरिएको

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेश प्रदेशले कसैलाई काखा कसैलाई पाखा गरेको छ । ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार थप मद्दत परीचालन गर्नुपर्ने भएकोले विभिन्न कार्यालयमा दरवन्दि भई गृह जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई थप मद्दतका लागि खटाईएको हुदा २४ घण्टा भित्र खटाईएको स्थानमा रवाना गरी सोको जानकारी कार्यालयमा गराउन भन्दै जारी गरिएको मंसिर १९ गतेको सरुवामा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेश प्रदेशले कसैलाई काखा कसैलाई पाखा गरेको पाईएको हो ।
 नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेश प्रदेश पथलैयाको प्रशासन शाखाका अनुसार  ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार थप मद्दत परीचालन गर्नुपर्ने भएकोले विभिन्न कार्यालयमा दरवन्दि भई गृह जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई थप मद्दतका लागि मंसिर १९ गते खटाईएको हो । तर खटाइएको स्थानमा गई २४ घण्टा भित्र कार्यालयलाई जानकारी दिन भनिएकोमा प्रहरी जवानहरु,प्रहरी सहायक हबल्दारहरु र प्रहरी हबल्दारहरुलाई जवरजस्त खटाइएको भएपनि प्रहरी सहायक निरिक्षक र प्रहरी नायव निरिक्षक भने पावर लगाएर एक हप्ता सम्म पनि आफु कार्यरत रहेकै स्थानमा रहेका छन् ।
जागिर खाने क्रममा मधेश प्रदेश भन्दा बाहिर घर रहेको र अहिले मधेश प्रदेशका जिल्लाहरु मै घर समेत बनाएका र हाल घर पायकमा बसेर राष्ट्रसेवकको जागीर निजामतीको झैँ खान पल्केका प्रहरी सहायक निरिक्षक तथा प्रहरी नायव निरिक्षकहरुले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेश प्रदेशका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङ्लाई समेत विभिन्न प्रभावमा पारेर घर पाएक बसेका पाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीमा कार्यरत रहेका प्रहरी सहायक निरिक्षक विनोद कुमार साहलाई धनुषा,प्रहरी सहायक निरिक्षक शंकर साहलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेश प्रदेश पथलैयाबाट सप्तरी,प्रहरी सहायक निरिक्षक श्रीराम खतिवडालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीबाट रौतहट,प्रहरी सहायक निरिक्षक बलिराम चौधरीलाई रौतहटबाट बारा, प्रहरी सहायक निरिक्षक सुभाष खतिवडालाई सर्लाहीबाट धनुषा,प्रहरी सहायक निरिक्षक हिरालाल पुरीलाई सर्लाहीबाट रौतहट र प्रहरी सहायक निरिक्षक ओम प्रकाश मण्डललाई धनुषाबाट सिरहा गरी ७ जना प्रहरी सहायक निरिक्षकहरुलाई कार्यरत रहेको स्थानबाट  अन्यन्त्र पठाइएको भएपनि उनिहरुले विभिन्न प्रलोभन तथा पावर लगाएर कार्यरत रहेकै स्थानमा थमुवा भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेश प्रदेश पथलैयाका प्रमुख गुरुङ्ले सानालाई ऐन ठुलालाई चैन भनेझैँ पदिय मर्यादा अनुसार व्यवहार गरेका एक ट्राफिक प्रहरी अधिकारीले बताए । उनका अनुसार प्रहरी जवानहरु,प्रहरी सहायक हबल्दारहरु रप्रहरी हबल्दारहरुलाई तुरुन्त रवाना बुझाउन दवाव दिने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेश प्रदेश पथलैयाका प्रमुख गुरुङ्ले प्रहरी सहायक निरिक्षक र प्रहरी नायव निरिक्षकसंग ठुलो रकम  बार्गेनिङ समेत गरेका आशंका गर्न सकिन्छ । 
को हुन प्रहरी सहायक निरिक्षक भट्टराई र प्रहरी नायव निरिक्षक कोईराला
जागिर खाने समयमा रामेछाप घरभई हाल सर्लाहीको लालबन्दी नगरपालिका ५ मा स्थायी घर भई बसाई सराई समेत गरि सकेका प्रहरी सहायक निरिक्षक ठाकुर भट्टराईको नाम नै सरुवाको लिष्टमा नपर्दा अझैँ आशंका गर्ने ठाउँ बनेको हो ।
 लालबन्दी नगरपालिका ५ मा घर रहेपनि बसाई सराई विभागमा पेश नगरेका कारण उनि पटक पटक सर्लाही नै बस्दै आएका छन् । भने घरपायक बसेको आरोपमा हुने सरुवाहरुमा समेत जोगिदैँ आएका छन् ।
जिल्लामा एउटाको कुरा अर्कालाई लगाउने र प्रमुखको भित्रि तथा बाहिरि बस्त्र धुने तथा जुक्तामा पालिस समेत लागाउन तयार हुने प्रहरी सहायक निरिक्षक भट्टराईको नाम नै सरुवाको लिष्टमा नपर्दा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेश प्रदेश पथलैयाका प्रमुख प्रहरी उपरिक्षक गुरुङलाई समेत ठुलै प्रभाव पारेको सबैले अनुमान गर्न सक्छन् ।
प्रहरी सहायक निरिक्षक भट्टराईको दरबन्दी नेपाल प्रहरीमा रहेपनि ट्राफिक प्रहरीमा बसी घर पाएकमा बसेर  सबै प्रकारका हर्कत गर्ने उनको नयाँ काम होईन ।  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेशको प्रशासन शाखामा रहेका प्रहरी नायव  निरिक्षक सुरेन्द्र कोईरालालाई समेत प्रभावमा पारी प्रहरी सहायक निरिक्षक भट्टराई पटक पटक घर पायक बस्दै आएका भए पनि त्यस विषयमा कसैको पनि ध्यान पुगेको छैन । उनले जिल्ला ट्राफिक  प्रहरी कार्यालय सर्लाहीमा बसेर सर्लाहीको नयाँरोड स्थित काँटा, बागमती स्थित कर्मैया रफुलजोरमा आफ्ना मान्छे खटाउने र कमिसन समेत असुल्ने गरेका एक प्रहरी अधिकारी नै बताउँछन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा हाली मुहाली गरि रहेका प्रहरी सहायक निरिक्षक भट्टाईले यस अघिपनि गजुरमुखी निर्माण सेवा प्रालीबाट मासिक रु ५ हजार असुल्ने गरेका थिए भने जिल्लाका अटो रिक्सा,मयुरी,म्याजिक तथा ट्याक्टर र टिपरहरुसंग समेत कमिसन असुल्ने गरेका पाइएको छ । उनले यस अघि गजुरमुखी निर्माण सेवा प्रालीका कर्मचारी सुमन पौडेल मार्फत मासिक ५ हजार बुझ्ने गरेको पौडेलले नै बताएका थिए ।
बोल्दा रुन्चे स्वारमा बोल्ने असई भट्टराईले जिल्लाका यातायात व्यावसायीहरु लगायतसंग महीनावारी असुल्ने गरेका छन् । उनले जिल्लाका अटो व्यावसायीहरुबाट मासिक ४ हजार, मयुरी व्यावसायीहरुबाट मासिक ३ हजार ५ सय र म्याजिक तथा माइक्रोहरुबाट मासिक  १० हजार असुल्ने गरेका एक यातायात व्यावसायीले बताए ।
सर्लाही नै घर भइ विगत करिब ६ वर्षदेखि जिल्लामै रहँदै आएका असइ भट्टराइले ट्याक्टर लगायत मालवाहक सवारी साधनहरुबाट समेत महिनाबारी असुल्ने गरेका यातायात व्यावसायीहरुले नै बताएका छन् । असई भट्टराईले दुर्घटना भएका सवारी साधनहरुलाई मिलाइ दिने बाहनामा,मालबाहक सवारी साधनहरुलाई लाईन मिलाइ दिने बाहनामा,बिल बुक हराएका सवारी साधनहरुको सिफारिस दिने बहनामा माहिनावारी असुल्ने गरेका एक ट्राफिक प्रहरी अधिकारीले बताए ।
यस अघिका प्रहरी निरिक्षक सुर्यनारायण यादवका विश्वास पात्रको रुपमा रहेका असई भट्टराई अहिले पनि प्रहरी निरिक्षक इश्वर कार्कीको विश्वास पात्रको रुपमा रहेर बसेका छन् । तर उनले असुल्ने कमिसनका बारेमा आफुलाई कुनै जानकारी नै नभएको र त्यस्तो भेटिएमा आवश्यक कार्बाही गर्ने प्रहरी निरिक्षक कार्कीले बताए । विचमा प्रहरी निरिक्षक कोदारमान दोङ्ग आएपछि सर्लाही छाडेका असई भट्टराई अहिले फेरी सर्लाहीमा आएर खुरापाती गरी बसी रहेका छन् । दुई जना बरिष्ठ सईलाई जिल्लाका पोष्टहरुमा खटाएर आफु दोस्रो व्यक्तिको रुपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा बसेका असई भट्टराईको विषयमा स्थानिय यातायात व्यावसायीहरुले पटक पटक नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेशलाई जानकारी गराएका भएपनि व्याजी तथा चिनजान र प्रभावमापारीसर्लाही मै बस्दै आएका छन् । 
आफु दरबन्दी जानुपरे जागीर छाड्ने सम्मको धम्की लगाउँदै सर्लाहीमा राज गरि रहेका असई भट्टराईलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेशको प्रशासन शाखाका प्रमुख सई कोईरालाको समेत हात रहेको प्रष्ट छ । सई कोईराला धादिङ बस्दा बालुवाबाट कमिसन खाएको बाहनामा कार्बाहीमा परि सई नै रहेका छन् । उनका व्याजीहरु बरिष्ठ सई भई सक्दा समेत कोईराला कार्बाहीमा परेका कारण सई मै रहेका हुन ।
जताततैबाट महिनावारी असुल्न पल्केका असइ भट्टराइलाई तीनै सई कोईरालाले साथ दिएका पाइएको छ । जसका कारण असई भट्टराई जहिले पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यलय प्रमुखको विश्वास पात्रको रुपमा रहेर जिल्लामा आफुलाई कमिसन बढी हुने स्थानमा पठाउने र कमिसन कम दिनेलाई कम कमाइ हुने स्थानमा पठाउने काममा सकेत अब्बल देखिएका एक ट्रापिक प्रहरी अधिकारीले बताए । 
असई भट्टराईले आफु जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको प्रमुख भए झैँ गरि जिल्ला भित्रका सबै युनिटहरुको सरुवा गर्ने काम देखि कमिसन असुल्ने सम्मको काम गरेको प्रहरी अधिकारीले नै बताएका छन् । सो विषयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेश पथलैयालाइ जानकारी  नभएको पनि होइन तर उनलाइ अन्यन्त्र पठाउने विषयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेश पथलैया मौन देखिदा असई भट्टराईले असुलेको कमिसन त्यहाँ पनि पुग्ने गरेको छ । प्रहरी सहायक निरिक्षक भट्टराईले प्रहरी नायव निरिक्षक कमल नेपाली र सहायक हबल्दार हिरालाल दासलाई फुलजोरमा माछा,कुखुरा,तरकारी,भुसा र भैसीको कमिसन असुल्न खटाएका छन् भने प्रहरी सहायक निरिक्षक श्रीराम खतिवडालाई नयाँरोड स्थित काटाँमा कमिसन असुल्न पठाएका छन् । आफुलाई कमिसन नदिनेलाई अनावश्यक दुःख दिने गरेका प्रहरी सहायक निरिक्षक भट्टराईलाई माथी बाटै ठुलो आर्शिवाद रहेको बुझ्न सकिन्छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech