Close This

सूचना प्रविधी अधिकृत लामाद्वारा अस्पताललाई सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१४ गते   ६३५ पटक हेरिएको

कमलामाई नगरपालिकाका सूचना प्रविधी अधिकृत निर्मल लामाले आफ्नो जन्मदिनको अबसरमा सिन्धुली अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ ।

विश्वभरी नै माहामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको कारण नेपाल लकडाउनको अबस्थामा छ । कोरोना भाईरसको रोकथाम र नियन्त्रणको लागि जोखिम मोलेर अग्र पंतिमा रहेर काम गर्ने सिन्धुली अस्पतालको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागी आफुले सहयोग गरेको लामाले वताउनुभयो ।

उनले आईतवार विहान सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेललाई ६ थान पिपिई, एक सय थान मास्क र एक सय थान ग्लोब्स हस्तान्तरण गर्नु भएको थियो । सिन्धुली अस्पतालमा पिपिई, मास्क, ग्लोव्स लगायत स्वास्थ्यका सुरक्षा सामाग्रीको अभाव भएको जानकारी पाएपछि लामाले विभिन्न निकाय, साथीभाइसँग सम्पर्क गरि सो स्वास्थ्य सामाग्री जुटाएको जानकारी दिनुभयो ।
राष्ट्रिय आविष्कार केन्द्र र स्मार्ट टेक नेपालले लामालाई स्वास्थ्य सामाग्री खरिद कार्यमा सहयोग गरेका थिए । सहयोगि संस्थाहरुलाई लामाले विशेष धन्यवाद पनि दिनुभएको छ ।
स्वास्थ्य सामाग्री अभाबको वेलामा उपलब्ध गराएकोमा अस्पताल अध्यक्ष प्रलाद कुमार पोख्रेलले लामालाई जन्म दिनको साथै धन्यवाद दिनु भएको थियो ।
लामाले हरेक वर्ष आफ्नो जन्मदिनको अवसरमा सहयोग गर्दै आउनुभएको छ। गत वर्ष पनि उहाँले आफ्नो जन्मदिनको अबसरमा नवज्योति बहिरा माध्यामिक विद्यालय जसेदमारमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech