बागमतीका ५ वटा माविमा पिउने पानी शुद्धिकरण गर्ने मेसिन जडान

एसपि गौरव    प्रकाशित: २०८०-६-१० गते   ६४३ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका भित्र रहेका  सामुदायिक विद्यालयहरु मध्य ५ वटा माविमा पिउने पानी शुद्धिकरण गर्ने मेसिन जडान गरिएको छ ।बागमती नगरपालिका भित्र रहेका २५ वटा सामुदायिक विद्यालयहरु मध्य ५ वटा मावि स्तरका विद्यालयहरुमा पिउने पानी शुद्धिकरण गर्ने मेसिन जडान गरिएको बागमती नगरपालिकाको शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए ।


उनका अनुसार बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा र प्रदेश सभा सदस्य जवाहर लाल कुशवाहको विशेष पहलमा रौतहटको इीपक नेपाल नामक संस्थाले बागमती नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरु मध्य मावि स्तरका ५ वटा विद्यालयमा पिउने पानी शुद्धिकरण गर्ने मेसिन जडान गरिदिएको हो ।इपिक  नेपालले प्रति विद्यालय रु १० लाखका दरले ५ वटा विद्यालयमा पिउने पानी शुद्धिकरण गर्ने मेसिन जडान गरिएको इपिक नेपालका फिरोज चौधरीले जानकारी दिए ।उनका अनुसार हरेक महिना संस्था आफँैले पिउने पानी शुद्धिकरण गर्ने मेसिनको वस्तुगत अवस्थाको जाँच गर्ने छ ।

सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर सुधारका विभिन्न योजना ल्याएको बागमती नगरपालिकाले विद्यार्थीहरुको स्वास्थ्यको ख्याल राख्दै पहिलो चरण्मा मावि स्तरका पिउने पानी शुद्धिकरण गर्ने मेसिन जडान गरेको नगर प्रमुख भरत कुमार थापाले बताए ।उनका अनुसार विद्यालयहरुका भौतिक संरचना,कक्षा कोठाहरुका साथै शिक्षकहरुको शिक्षण विधिमा गुणस्तरीयता ल्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन भई रहेका र सो संगै जोडेर पिउने पानी शुद्धिकरण गर्ने मेसिन जडान गरिएको हो ।

बागमती नगरपालिका ८ स्थित शंकरपुरको जनजागरण मावि,बागमती नगरपालिका ५ स्थित सोल्टी बजारको जनता मावि,बागमती नगरपालिका ११ स्थित कर्मैयाको श्री ५ महेन्द्र जनता मावि,बागमती नगरपालिका १ स्थित मिलनचोकको जनता मावि र  बागमती नगरपालिका २ स्थित धरहरामा रहेको जनवाल कल्याण माविमा पिउने पानी शुद्धिकरण गर्ने मेसिन जडान गरिएको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।बागमती नगरपालिकाका नगर प्रमुख थापा र प्रदेश सभा सदस्य कुशवाहको पहलमा एपिक नेपाल रौतहटले व्यावस्थापन गरेको पिउने पानी शुद्धिकरण गर्ने मेसिनको व्यावस्थापनमा स्थानीय युवा समाजसेवी विकाश कार्कीको संयोजन गरेका बागमती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech