Close This

एमसिसि विरुद्ध नेकपा सर्लाहीद्धारा लालबन्दीमा सिठ्ठी जुलुस

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२७ गते   १४० पटक हेरिएको

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)सर्लाहीले लालबन्दीमा एमसिसि विरुद्ध सिठ्ठी जुलुस कार्यक्रम गरेको छ । नेकपाका केन्द्रिय सदस्य तथा सर्लाही रौतहट इन्चार्ज मिसन शाहीको प्रमुख आतिथ्यतामा  एमसिसि विरुद्ध सिठ्ठी जुलुस तथा कोणसभा कार्यक्रम गरिएको युवा संगठन नेपाल जनकपुर ब्यूरो इन्चार्ज बिचार मानलेजानकारी दिनु भयो ।
सिठ्ठी जुलुस पछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य मिसन शाहीले एमसिसि राष्ट्रघात रहेको र खारेजी गरिनु पर्ने बताउनु भयो । उहाँले बामपंथी,प्रगतिशील,क्रान्तिकारी सबै सचेत नागरिक एमसिसिको बिरोधमा उत्रनु पर्ने अवस्था आएको बताउनु भयो । सेक्रेटरी कमल सुस्लिङले देश विकाश गर्न अमेरिकी सहयोग नचाहिने,बेरुजु र भ्रष्टाचारलाई मात्र रोक्न सके देश विकास सहजै गर्न सकिने बताउनु भयो ।
एमसिसि विरुद्ध सिठ्ठी जुलुस तथा कोणसभा कार्यक्रममा नेकपा सर्लाही जिल्ला सेक्रेटरी कमल सुस्लिङ, पुर्व जिल्ला सेक्रेटरी जनक राउत,युवा संगठन नेपाल जनकपुर ब्यूरो इन्चार्ज बिचार मान,अखिल नेपाल ट्रेड युनियन महासंघका जनकपुर ब्यूरो संयोजक पदम मगर,अखिल नेपाल किसान महासंघ केन्द्रिय सदस्य किसुनदेब शर्मा, मधेशी मुक्ति मोर्चाका केन्द्रिय सदस्य ठगाराम,अनेम संघकी जिल्ला अध्यक्ष पर्मिला राउत(लामा),अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला संयोजक अर्पण पौडेल, अनेरास्ववियु (क्रान्तिकारी)रौतहट संयोजक अविषेक शाही लगायतका नेताहरु तथा कार्यकर्ताहरुको उल्लेख्य  उपस्थिति रहेको नेकपा सर्लाही सेक्रेटरी कमलले जानकारी दिनु भयो ।
नेपाल सरकारले प्रतिवन्ध फुकुवा गरेपछि नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले खुलेर राष्ट्र र राष्ट्रियताका सवालहरु, नागरीकका दैनिकीसंग जोडिएको सवालहरु जोडदार रुपमा उठाई रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech