मेरो सपना नेपालको नाम विश्व रेकर्डमा दर्ता गराउनु थियो त्यो सफल भयोःमहिला रेस्लर खेलाडी भगवती

565 Shares

कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमलामाई अनलाईन टि.भीमा नेपालीकै पहिलो महिला रेस्लिङ खेलाडी र विश्व कै सबै भन्दा अग्लो स्थानमा भएको रेस्लिङ प्रतियोगितामा विजेता भई नेपालको नाम विश्व रेकर्डमा दर्ता गराउन सफल रामेछापकी भगवती खड्कासंग पत्रकार शंखर पहाडी(गौरब)ले लिएको अन्र्तवार्ताको सम्पादीत अंश :


रेस्लिङ खेलप्रति आकर्षण गराउने तथा आकर्षण हुने प्रेरणा को हुन ?
म सानैदेखि गीतसंगीत र खेलकुद क्षेत्रलाई मन पराउने गर्थेँ।मलाई नेपालको नाम विश्व रेकर्डमा कसरी राख्न सकिन्छ भन्ने चिन्ता थियो।मैलै विश्व कै सबै भन्दा अग्लो स्थानमा भएको महिला रेस्लिङ प्रतियोगितामा विजेता भई नेपालको नाम विश्व रेकर्डमा दर्ता गराउन सफल भएकी छु।मलाई यस क्षेत्रमा लाग्ने प्रेरणा म आफैँ हुँ ।
रेस्लिङ खेलाडी तथा रेस्लिङ खेललाई राज्यको सहयोग कस्तो रहेको छ ?
मलाई राज्य र परिवार कतैबाट सहयोग छैन्।केही व्यक्तिहरुले सहयोग गर्नु भएको छ।अहिले सम्म रेस्लिङ खेलमा मेरो जे जति गतिविधिहरु भएका छन्।यी सबै मेरो मनोवलबाट सफल भएको हुँु।मलाई भगवानले तँ चिता म पुर्याउँछु भन्नु भएको छ र म त्यही अनुसार आँट गरेकी हुँ ।
रेस्लिङ खेलाडी उत्पादन गर्न वा यस क्षेत्रलाई यहाँ सम्म पुर्याउन के कस्तो संघर्ष गर्नु भएको छ ?
धेरै संघर्ष गरेकी छु।सामान्य परिवारमा हुर्कीएकी म,आमालाई क्यान्सर लागेको थियो।आमाको निधनमा मलाई केही समय अन्यौलता सृजना भयो।पारिवारिक चिन्ता त्यती कै थियो।मैले यस क्षेत्रलाई विस्तार गर्न औँठी र मोटरसाईकल बेचेँ र यस तर्फ लागि रहेँ आज अमेरीका सहितका देशहरुसंग खेल खेल्न सफल भएकी छु।धेरै प्रतियोगिताहरु आफैँ आयोजना गर्न सक्ने भएकी छु ।
रेस्लिङ खेल क्षेत्रमा प्रवेश गर्दै गर्दा सामाजिक रुपमा तपाईलाई समाजलेहेर्ने दृष्टिकोण कस्तो थियो ?
रेस्लिङ जस्तो जोखिमपुर्ण खेल त्यसमा पनि महिला भएर पनि पुरुषहरुसंग पनि खेल खेल्दा समाजले अर्कै दृष्टिकोणले हेर्थे।तर मैले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूसित भएँ ।सामान्य ज्ञानमा समेत नेपालको पहिलो महिला रेस्लर खेलाडीको रुपमा पहिचान बनाएकी छु भने विश्व रेकर्डमा नेपालको नाम दर्ता गराएकी छु।खुसी लागेको छ ।
रेस्लिङ खेल्न रिङमा प्रवेश गर्दा कस्तो अनुभव महसुस हुन्छ ?
रिङमा प्रवेश गरेपछि प्रतिस्पर्धिहरु साना साना देख्छु।यतीका खेलाडी वा  प्रतिस्पर्धिहरुलाई त जितिन्छ भन्ने आत्मावल बढ्छ।जसरी पनि जित्नै पर्छ भन्ने भावना जागृत हुन्छ ।
रेस्लिङ खेल्दाको अविष्मरणीय क्षण कुन हो ?
मेरो सपना सगमाथामा रेसिल्ङ खेल्ने,विश्व रेकर्डमा नेपालको नाम लेखाउने नै सपना थियो र यो पुरा भयो।विश्व रेकर्ड कायम गर्न आयोजना गरिएको विश्व कै सबै भन्दा अग्लो स्थान कालापत्थरमा आयोजना गरिएको प्रतियोगिता सफल हुन्छ की हुन्न भन्ने चिन्ता थियो तर संयोग सफल भयो र त्यहीबाट नेपालको नाम विश्व रेकर्डमा लेखाउन सफल भएँ।यही हो मेरो सबै भन्दा अविष्मरणीय क्षण हो ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरबाट पाएका सम्मान तथा उपाधीहरु केके छन् ?
नेपालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूसित भएँ।जापानमा तथा भारतमा भएको प्रतियोगितामा नगद सहित सम्मान पाएकी छु।म नेपाली महिला रेस्लर खेलाडी भएपनि मलाई नेपाल सरकारले केही गरेको छैन ।
रेस्लिङ खेलमा महिला तथा पुरुष खेलाडी विच विभेद छ की छैन ?
त्यस्तो कुने किसिमको भेदभाव वा विभेद छैन्।अहिले सम्म त्यस प्रकारको महसुस गरेको छैन ।तर नेपाल सरकारले नै खेलाडीहरु माथि अन्याय गरेको छ।खेलक्षेत्रलाई  राजनीतिकरण गर्दा नेपाली खेलक्षेत्र गन्तव्य हिन छन्।राज्यले खेलकुद परिषद्मा सदस्य सचिव नियुक्त गर्दा वा खेलकुद क्षेत्रमा लगानी गर्दा व्यवसायिक खेलाडी तथा फर्महरुलाई गर्न अनुरोध छ।खेलकुदमा राजनीति नहोस भन्ने मेरो चाहना छ ।
तपाईले कतिजना रेस्लिङ खेलाडी उत्पादन गर्नु भएको छ ?
मैले एक सय १९ जना महिला र ४३ जना पुरुष रेस्लर उत्पादन गरेकी छु।मेरो आफ्नै योजनामा आफ्नै साथीहरुको साथ सहयोगबाट मयहाँ सम्म आई पुगेकी छु।मेलै नेपालका करिब ३५ वटा जिल्लाहरुमा रेस्लिङ खेलि सकेकी छु।मैले उत्पादन गरेका करिब दुई दर्जन रेस्लिङ खेलाडिहरु अहिले पनि रेस्लिङ खेलीरहेका छन् ।
तपाईको आगामि लक्ष्य के छ ?
मैले आगामि अजोसमा विश्व कै सबै भन्दा अग्लो स्थानमा रहेको तिलिचो तालमा रेस्लिङ खेल आयेजना गर्ने योजना छ ।साथै विदेशका विभिन्न स्थानमा रेस्लिङ खेल आयोजना गर्ने लक्ष्य छ । साथै कभड हल बनाउने योजना समेत बनाएकी छु ।
रेस्लिङ खेल प्रति खेलाडीहरुको आकर्षण कस्तो छ ?
पहिलोको तुलनामा अहिले निकै राम्रो आकर्षण छ।रेस्लिङ खेल्न वा सिक्न कुनै उमेरले प्रभाव नपर्ने भएकाले पनि रेस्लिङ खेल प्रति खेलाडीहरुको आकर्षण बढेको छ ।
रेस्लिङ खेल प्रति महिला खेलाडीहरुलाई आकर्षण गर्न के कस्तो नयाँ योजनाहरु केके छन ?
रेस्लिङ खेल सिक्न कुनै उमेर समुहले प्रभाव नपर्ने भएकाले साथै आत्मा रक्षका लागि पनि रेस्लिङ खेल सिक्न आवश्यक छ,र धेरै ठूलो धनराशी खर्च पनि नहुने भएकाले रेस्लिङ खेल सिक्न कुनै समस्या छैन्।मैलै सामान्य शुल्कमा सिकाउने गरेकी छु ।

सम्बन्धित समाचार