Close This

लालबन्दी नगरपालिका ५ मा ट्याक्टर दुर्घटनामा एकको ज्यान गयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२८ गते   ४२४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ५ रञ्जीतपुरमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । लालबन्दी नगरपालिका ५ रञ्जीतपुर स्थित भित्रि सडक खण्डमा बालुवा लोड गरिएको ट्याक्टर अनियन्त्रित भई पल्टीदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
बालुवा लोड गरेर पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ त ९९७१ नंम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा सोही ट्याक्टरमा सवार लालबन्दी नगरपालिका ५ का अन्दाजी वर्ष ३५ का लल्लु माझी मुसर घाइते भएका र उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ना ५ त ९९७१ नंम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा लल्लु घाइते भएका र उपचारको लागि लगिँदा चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।दुर्घटनामा संग्लग्न ट्याक्टर ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको छ भने उक्त ट्याक्टरका चालक फरार भएका र खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech