ईन्दुशंकरद्धारा ५० करोड भुक्तानी,अनुदान वापतको रकम कोलोनिकामा जम्मा

1.8k Shares

सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग लीमिटेडले क्रसिङ सिजनमा किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । पुस ११ गतेबाट सञ्चालनमा आएको उद्योगले हालसम्म ५० करोड रुपैयाँ भुक्तानी गरेको उद्योगका उखु प्रवन्धक योग नारायण रजकले जानकारी दिनु भयो ।
उहाका अनुसार पहिलो चरणमा पुस ११ गतेदेखि माघ १० गतेसम्म किसानबाट खरिद गरेको उखुको भुक्तानी गरिएको हो । जिल्लाकै सबैभन्दा ठूलो चिनी उद्योग इन्दुशंकरले हालसम्म २४ लाख ४८ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगले जनाएको छ ।
उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएपनि पर्याप्त उखु नआएकाले लक्ष्य पूरा नहुने देखिएको प्रशासकीय अधिकृत ठाकुर प्रसाद नेपालले बताउनु भयो। सर्लाहीमा रहेका तीनवटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग लिमिटेड हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा रहेका छन ।
किसानबाट अघिल्ला वर्षहरुमा खरिद गरेको उखुको भुक्तानी दिन नसकेको अन्नपूर्ण चिनी उद्योग धनकौल भने अहिले पनि बन्द अवस्थामा रहेको छ । भने नेपाल सरकारले दिने अनुदान वापतको रु ६५ रुपैँया २८ पैसाका दरले उखु किसानहरुले पाउनु पर्ने रकम कोलोनिकामा पठाई सकेको छ । किसानहरुले उखु उत्पादन गरेको जग्गाको विवरण प्रमाणित भएपछि अनुदान वापतको रकम किसानलाई वितरण सुरु गरिने कोलोनिका मलंगवाका प्रमुख जगत थपलियाले बताउनु भयो । सरकारले किसानहरुले उखु उत्पादन गरेको जग्गाको विवरण प्रमाणित गरि दिन सबै स्थानिय तहलाई आग्रह गरि सकेको छ ।

सम्बन्धित समाचार