सर्लाहीका २० वटै पालिकामा कांग्रेसको दीप प्रज्वलन

452 Shares

“जेन जी” आन्दोलनमा सहीद भएकाहरुप्रति नेपाली कांग्रेस सर्लाहीले शनिबार जिल्लाका २० वटै पालिकामा दीप प्रज्वलन गरी श्रद्धान्जली व्यक्त गरेको छ।“जेन जी” पुस्ताको आन्दोलन अन्तर्गत पहिलो दिन भदौ २३ गते काठमाडौं संसद भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाएकासहित त्यसपछि सोही घटनालाई लिएर भएका बिद्रोहमा निधन भएकाप्रति श्रद्धान्जली व्यक्त गर्दै सर्लाहीका २० वटै पालिकामा श्रद्धान्जली कार्यक्रम गरिएको नेपाली कांग्रेसको महासमिति सदस्य शोनी कुमारी बम्जनले जानकारी दिईन् ।उनका अनुसार नेपाली कांग्रेस सर्लाही जिल्ला समितिबाट भएको निर्णय बमोजिम जिल्लाका ११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटै स्थानीय तहहरुमा रहेका समितिले शनिबार साँझ दीप प्रज्वलन गरेका हुन् ।
“जेन जी” आन्दोलनमा सहादत भएका सबैप्रति श्रद्धान्जली समेत व्यक्त नेपाली कांग्रेस सर्लाहीले दुःख व्यक्त गरेको नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले बताए।गाउँ तथा नगर समितिले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा पार्टीका उपलब्ध अगुवा, नेता कार्यकर्ताको विशेष उपस्थिति रहेको थियो।यो समाचार तयार पर्दा सम्म “जेन जी” आन्दोलनमा ७४ जनाको ज्यान गएको छ ।

सम्बन्धित समाचार