शहिद परिवारको आवाश हस्तान्तरण गर्न गृह मन्त्री श्रेष्ठ भोली सर्लाही आउने

976 Shares

दुर्गा कुमारी अधिकारी
सर्लाही कै पहिलो शहिद परिवारको आवाश हस्तान्तरणका लागि नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री भोली(शनिबार)सर्लाही आउने भएका छन् । जिल्लाको बागमती नगरपालिका १२ का स्व.इन्द्र कोईरालाका परिवारलाई नेकपा(माओवादी केन्द्र) सर्लाहीको पहलमा आवाश निर्माण भएको र सो भवन हस्तान्तरण गर्न नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश)भोली(शनिबार) सर्लाही आउने भएका हुन ।
२०५५ साल कार्तिक १० गते तत्कालीन जनयुद्धको क्रममा क्रुर शासकहरुसंगको लडाईमा कोईरालाको ज्यान गएको थियो । दुई छोरा र दुई छोरी रहेका स्व.कोईराला परिवारलाई बागमती नगरपालिकाको पहलमा माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीले आवाश निर्माण गरि दिएको स्व.कोईराला आवाश निर्माण समितिका अध्यक्ष मोहनलाल श्रेष्ठ(सन्देश)ले जानकारी दिए । उनका अनुसार आवाश निर्माणको काम सकिएको र स्व.कोईराला परिवारलाई भोली(शनिबार)नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री श्रेष्ठले हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ ।
बागमती नगरपालिकाको पहलमा माओवादी केन्द्र सर्लाहीले देशभरमै पहिलो पटक शहिद परिवारको आवाश निर्माणको काम गरेको र स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० का कारण निर्माण सम्पन्न गर्न केही ढिलो भएको भए पनि विगत केही महिना पहिला भवन निर्माण सम्पन्न भएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्र सर्लाहीका नेता कार्यकर्ताहरुको अथक प्रयास भएकोले निर्माण सामाग्री एवम आर्थिक संकलन गरेर आवाश निर्माणको काम सम्पन्न भएको हो ।
बागमती नगरपालिकाले करिब २४ धुर जमिन उपलब्ध गराएको र सोही जमिनमा शहिद परिवारको आवाश निर्माण भएको बागतमी नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले बताइन् । शहिद परिवारको आवाश निर्माणको काम सकिएको र माओवादी केन्द्रका वरिष्ठ उपा अध्यक्ष एवम नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री श्रेष्ठले भोली(शनिबार)एक कार्यक्रमका वीच भवन हस्तान्तरण गर्ने नगर उप प्रमुख मोक्तानले बताए ।
आवाश निर्माणका लागि करिब रु १७ लाख अनुमानीत रकम खर्च लागेको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार निर्माण सामाग्रीहरु सहयोग मागेर भएपनि निर्माण कार्यमा खटिएका मजदुरहरुका लागि दिएको पारिश्रमिक करिब रु १७ लाख खर्च भएको हो ।
भोली(शनिबार)सर्लाही आउने उप प्रधान एवम गृह मन्त्री श्रेष्ठले जिल्लाको लालबन्दीमा माओवादी केन्द्र निकट दलित मुक्ती मोर्चाकोे प्रदेश स्तरीय भेला र बागमतीमै पार्टीका नेता तथा कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार