विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई सर्लाहीमा नागरिक अभिनन्दन

606 Shares

नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई सर्लाहीको हरिवनमा नागरिक अभिनन्दन गरिएको छ।सर्लाहीको हरिवन नगरपालिका ११ स्थित सरस्वती पार्टी प्यालेसमा बुधबार अपरान्ह आयोजित कार्यक्रममा सर्लाहीका नागरिक समाज र स्थानीय अगुवा लगायतहरुको विशेष उपस्थितिमा तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई नागरिक अभिनन्दन सहित सम्मान गरिएको नेकपा(एकीकृत समाजवादी)सर्लाहीका नेता एवम नागरिक अभिनन्दन कार्यक्रमका संयोजक धन बहादुर मिक्चनले जानकारी दिए ।कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालीन कार्यकारी निर्देशक घिसिङले सरकारले कार्यसम्पादन मुल्यांकनमा १३ अंक दिएर बर्खास्त गरेपनि नेपाली जनताबाट अतुलनीय माया,प्रेम र स्नेह पाइरहेको भन्दै खुशी व्यक्त गरे ।
उनले आफु नेतृत्वमा आएपछि नेपाललाई लोडसेडिङ मुक्त र हरेक नागरिकको पहुँचमा बिद्युत पहुँच पुर्याउने काम गरेपनि सरकारबाट बर्खास्तीको पुरस्कार हात परेको भन्दै तत्कालीन कार्यकारी निर्देशक घिसिङले व्यंग्य गरे।करिब ३० लाख नेपालीको पहुँचमा रहेको विद्युतलाई आफ्नो नेतृत्वमा दुरदराजको गाउँसम्म विस्तार गरी करिब ६२ लाख परिवारको पहुँचमा पुर्याएको तत्कालीन कार्यकारी निर्देशक घिसिङको दाबी छ।जसमध्ये २५ लाख नेपालीले विद्युतको न्युनतम महशुल मात्र तिर्ने व्यवस्था मिलाएको उनको भनाई छ ।
उनले डेडिकेटेड र टंक लाइनमा सरकार ब्यापारीमुखी हुँदा यसको असर नागरिकले भोग्नु परेको बताउँदै मुलुकलाई लोडसेडिङमुक्त गराउँदै उज्यालो बनाउने अभियानका क्रममा डेडिकेटेड र टंक लाइनको सवालालाई लिएर सरकारमा ब्यापारीको आँखा देख्न थालेपछि आफु बर्खास्तीमा परेको समेत तत्कालीन कार्यकारी निर्देशक घिसिङले दाबी गरे ।उनले आफ्नो नेतृत्वमा नेपाल विद्युत प्राधिकरण इतिहाँसमै असोचनीय नाफामा गएको छ ।
तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई स्थानीय अगुवा युवा समाज,कुशवाहा समाज लगायतले समेत सम्मान गरेका थिए।अभिन्न्दन् कार्यकममा नेकपा(माओवादी केन्द्र) र नेकपा( एकीकृत समाजवादी)पार्टीका नेता कार्यकर्ताहरु सहित नेकपा(एमाले)र नेपाली कांग्रेस सम्वद्ध कार्यकर्ता एवम शुभेच्छुक र बुद्धिजिविहरुको समेत उल्लेख्य उपस्थिती देखिन्थ्यो।अभिनन्दन् कार्यक्रममा स्थानीय झाँकी,भेषभुषा,कला संस्कृती एवम खेल प्रदर्शनी समेत गरिएको थियो ।

सम्बन्धित समाचार