Close This

तिनपाट गाउँपालिका ८ बाहुनतिलपुङका प्रधानाध्यापक अपहरण मुक्त ।।

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१३ गते   २६८ पटक हेरिएको

सिन्धुलीको तिनपाट गाउँपालिका वडा नं ८ बाहुनतिलपुङका नारायण प्रसाद भण्डारी अपरहणमा परेका छन् ।

भिमसेन निम्न माध्यमिक बिद्यालयका प्रधानाध्यापक भण्डारी आज विहान ११ बजेको समयमा बिद्यालय बाट फर्कने क्रममा अपहरणमा परेका हुन् । १२ जना पुरुष र १ जना महिलाको समुहमा आएका अज्ञात समुहले प्रधानाध्यापक भण्डारीलाई अपहरण गरेर तिनपाटन वडा नं ३ लायोगाउँ सम्म पु¥याएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रमुख रन्जु सिग्देलले जानकारी दिनुभयो ।

स्थानियले अज्ञात समुह आएको थाहा पाए पछि अज्ञात समुहको पछि पछि गएको साथै प्रहरीलाई खबर गरेको अज्ञात समुहले थाहा पाएर भण्डारिलाई छोडेर जङ्गलतिर भागेको प्रमुख सिग्देलले बताउनु भयो । अपहरणकारीहरुका खोजिकार्य भइरहेको र पत्ता लागि नसकेको प्रहरी प्रमुख सिग्देलले बताइन । एक स्थानियका भनाई अनुसार अपहरणकारीहरुले बन्दुक देखाएर बिप्लभ हुँ भन्दै जबरजस्ती प्रधानाध्याक भण्डारिलाई अपहरण गरेको बताएका छन् ।

४८ बर्षिय भण्डारिलाई किन र कसले अपहरण गरेको हो भन्ने पत्ता नलागेको प्रहरी प्रमुख सिग्देलले बताइन । प्रधानाध्याक भण्डारी भने सुरक्षित रहेका छन् । अहिले उक्त स्थानमा प्रहरी परिचालन गरिएको छ ।उर्मिला भट्टराई

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech