आन्तरिक पर्यटन प्रर्वद्वनका लागि लालबन्दीको पदयात्रा

375 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले आन्तरिक पर्यटन प्रर्वद्वनका लागि भन्दै शनिबा पदयात्रा गरेको  छ।लालबन्दी नगरपालिका भित्रका प्रमुख ऐतिहासिक,धार्मिक,सांस्कृतिक,पुरातात्तित्वक तथा भौगोलिक पर्यटकीय गन्तव्यहरुको पहिचान तथा प्रर्वद्वनका लागि पदयात्रा गरिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले बताए ।
पदयात्रा कार्यक्रम आन्तरिक पर्यटन प्रर्वद्वन र नगरवासीको वैकल्पिक आयआर्जनको मार्ग पहिचानका लागि पनि कोशेढुङ्गा सावित हुने नगर प्रमुख अधिकारीले बताए ।नगरभित्रको स्थानीय मौलिक खाना,प्रमुख पर्यटकीय गन्तव्य,धार्मिक,ऐतिहासिक तथा पुरातात्तित्वक महत्वका वस्तुको प्रचार प्रसारमा कार्यक्रम फलदायी रहने नगर उप प्रमुख कल्पना माया पाख्रिनले बताईन ।
उनका अनुसार पदयात्रा लालबन्दी नगरपालिका १३ नारायण डाँडाबाट सुरु भई कर्मडण्डी,बाहुनेडाँडा,अर्नेडाँडा हुँदै कालिन्जोर खोला सम्मको रहेको छ ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला सहित जिल्लाका सुरक्षा निकायका साथै नगरका जनप्रतिनिधिहरु र कर्माचारीहरुको सहभागीता रहेको प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले जानकारी दिए ।

सम्बन्धित समाचार