सिन्धुलीको दुधौली नगरपालिकामा सञ्चालीत औषधी पसलहरुको अनुगमन गर्न पुगेको औषधी व्यावस्था विभाग,विरजगंको टोलीले पत्रकारमाथी अभद्रव्यवहार गरेको छ । दुधोली बजार क्षेत्रका औषधी पसलहरुको अनुगमनमा पुगेका औषधी व्यावस्था विभाग,विरजगंका कर्मचारीहरुको टोलीले पत्रकार रविन्द्र भट्टराई माथि अभद्रव्यवहार गरेका छन् ।
मेडिकल तथा र्फामेसीहरुमा अनुगन गरेको र अनुगमन कर्ताको विभेद अनुगमन र अस्वभाविक स्वभाव रहेको भन्दै गुनासो आएपछि अनुमगन स्थलमा रिर्पोटिङ गर्न पुगेका पत्रकार भट्टराईलाई उनिहरुले अभद्रव्यवहार गरेका हुन् । जनता टेलिभिजनकासिन्धुली जिल्ला सम्बाददाता र दुधौली एफ एमका समाचार शाखा प्रमुख एवम दुधौलीन्युज डट कम का अध्यक्ष पत्रकार भट्टराईमाथी उनिहरुले अभद्रव्यवहार गरेका हुन ।
“अनुगमन कर्ताको विभेद अनुगमन र अस्वभाविक स्वभाव गरेको भन्दै गुनासो आएपछि हेड्स पोलिक्लिनीकमा अनुगमन हुदै गर्दा म त्यहाँ पुगेको थिए, पोलिक्लिनीक सञ्चालकलाई भित्र फार्मेसीमा एक्लै लगेपछि मोवाईलबाट भिडियो लिएको थिए, ति कर्मचारीले को हो भन्दै मोबाईल समाते मैले खोस्न दिइन ।” पत्रकार भट्टराईले भने –‘त्यहाँका सञ्चालक र उपस्थित प्रहरीले भाई पत्रकार हो भन्दा पनि उनिहरुले मोबाईल खोस्न खोजेका थिए ।’पत्रकार भट्टराईले बताए । औषधी पसलहरुको अनुगमन गर्न आएका औषधी व्यवस्था विभाग,विरगजंका तिन कर्मचारीहरु सरफराज अहमद खाँ,डा.चन्देश्वर यादव र दिपेन्द्र कुमार शाहले समाचार सकंलन गर्न पुगेका सञ्चारकर्मीहरुमाथि आज(बुधबार) अभद्रव्यवहार गरेका हुन् ।