Close This

सिमानाका र हुलाकी सडकको अवस्थाको विरुद्धको रिले धर्ना जारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-५ गते   ३०१ पटक हेरिएको

नेपाल भारत सीमा खोल्नु पर्ने र हुलाकी सडकको स्तरोन्नतीको माग राख्दै सर्लाही सदरमुकाम मलंगवामा रिले धर्ना जारि राखिएको छ । आइतवार १५ औं दिन सम्म पनि रिले धर्ना जारि  रहेको हो ।
सर्वपक्षिय संघर्ष समितिले जिल्ला सदरमुकाम मलंगवाको शहिद पार्कमा भएको रिले अनशनमा जनता समाजवादी पार्टीका स्थानिय नेता कृष्ण कुमार यादवको नेतृत्वमा आइतवार रिले धर्ना जारी रहेको हो । चक्रघट्टा गाउँपालिकामा समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष, वडाध्यक्षका प्रत्याशि तथा स्थानिय नेता कार्यकर्ताले आइतबारकोरिले धर्नामासाथ दएका थिए ।  यादव सहित चक्रघट्टा गाउँपालिकाका नेता कार्यकर्ता आइतवार बिहान ९ बजेदेखि जिल्ला सदरमुकाम मलंगवामाम धर्नामा बसेका छन् ।
नेपाल भारत सीमा बन्द हुदाँ जिल्लाबासीमा परेको समस्यालाई ध्यानमा राखी साथै हुलाकी सडकको हालत दिनप्रति दिन नाजुक बन्दै गएको भन्दै  धर्नामा बसेको यादवले बताएका छन् । हुलाकी सडकको स्तरोन्नती हुन नसक्दा त्यसबाट उड्ने धुलोले सडक आसपासको जनजीवन कष्टकर बनेको यादवले बताएका छन् । हिउँदमा धुलोको मार खेप्दै आएका जिल्लाबासीले वर्षायाममा हिलोको समस्या झेल्नु परेको यादवको भनाई छ । 
आफुहरुले पटक पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि सरोकारवाला निकायले वेवास्था गरेका कारण आफुहरु रिले धर्नामा बस्न बाध्य भएको धर्नामा सहभागीहरुले बताएका छन् ।
१५ दिन सम्मको धर्नाले पनि राज्यले कुनै सुनवाई नगरेको भन्दै यादवले गुनासो गरेका छन् । धर्नामा चक्रघट्टा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष नागेन्द्र प्रसाद साह, वडा नंं ८ का वडाध्यक्ष रामकैलाश राउत, दिनेश साह, बन्हु राउत, राकेश ठाकुर, शिवजी यादव, रामाधार साह लगायतको सहभागिता रहेको थियो ।
नेपाल भारत सीमा बन्द हुदाँ बिहेवारीको समयमा आफन्त कहाँ आवत जावत पनि गर्न कठिनाई भएको यादवको भनाई छ । सीमा बन्द हुदाँ आफन्त कहाँ जान र समानहरु किन्न खेतको बाटो हुदैं सर्वसधारणलाई सीमा पारी जानु परेको यादवले गुनासो गरेका छन् । कोरोनाको बहानमा राज्यले मधेशका जनतालाई दुःख दिने काम गरेको उनिहरुको आरोप छ ।
नेपाल भारत सीमा खोल्नु पर्ने र हुलाकी सडकको स्तरोन्नती लगायतका ५ सुत्रिय माग सहित सर्लाहीमा मंसिर २१ गतेदेखि रिले धर्ना जारी रहेकोे छ ।

जिल्ला समन्वय समिति सर्लाहीका सभापति  मेथुर चौधरीको संयोजकत्वमा गठिन सर्वपक्षिय संघर्ष समितिको आव्हानमा मंसिर २९ गते जिल्ला भरी मसाल जुलुश, ३० गते सदरमुकाम मलंगवा बन्द र पुष १ गते सर्लाही बन्द समेत भएको थियो । धर्नामा जनता समाजवादी पार्टीका नेता एवम सांसद् महेन्द्र राय, संघीय सांसद् प्रमोद साह, प्रदेश सांसदहरु सहित नेकपा, नेपाली कांग्रेस, जसपा लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागि रहँदै आएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech