सर्लाहीको हरिवन नगरपालिका १ कैलाशपुरीमा निर्मित जेष्ठ नागरिक आवास भवन हरिवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । हरिवन नगरपालिका १ स्थित चुरे क्षेत्रमा अवस्थित ऐतिहासिक कैलाशपुरी मन्दिर परिसरमा सहरी विकास तथा भवन निर्माण कार्यालयको करिब रु ३ करोड ६२ लाख ६४ हजार ६ सय १७ लागतमा बाबा रत्न कन्ट्रक्सन खपिन्छे ललितपुरले निर्माण गरेको जेष्ठ नागरिक आवास भवन हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी९कमल०लाई हस्तान्तरण गरिएको हो ।
यत, निवर्तमान नगर प्रमुख गणेश प्रसाद प्रसाईंले निर्माण सम्पन्न भईसके पनि भवनको चावी बुझ्न अस्विकार गर्नु भएको थियो । त्यस पश्चात् अलपत्र अवस्थामा रहेको सो भवन शनिवार एक अनौपचारिक कार्यक्रम मार्फत हरिवन नगरपालिकालाई हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।
शहरी विकास तथा भवन निर्माण कार्यालयले सो समयमा आवसको चावी हस्तान्तरण गर्न तत्कालीन नगर प्रमुख प्रसाईं सहित स्थानिय जनप्रतिनिधिहरुलाई बोलाएको भए पनि जनप्रतिनिधिहरु नै अनुपस्थित भएपछि कार्यालयले चावी बुझाउन पाएको थिएन । जसका कारण आवास भवन हस्तान्तरण कार्य नै स्थगीत भएको थियो ।मधेश प्रदेश सरकारको सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरले भवन बुझिलिनु भनेर नगरपालिकालाई पत्राचार पनि गरेको कार्यालयका प्रतिनिधि मनिस कुमार यादवले बताउनु भयो । उहाँका अनुसार जनप्रतिनिधिहरुको राजनीतिक आग्रह पूर्वाग्रहका कारण सो आवास भवन निर्माण सम्पन्न भएको करिब २ वर्ष सम्म पनि भवन अलपत्र परेको थियो । तत्कालीन जनप्रतिनिधिहरु कमिसनको खेलमा लाग्दा सो भवन निर्माण भएको भए पनि हस्तान्तरण हुन सकेको स्थानिय चुडामणि वाग्लेले बताउनु भयो ।उहाँका अनुसार स्थानिय निकायको निर्वाचन २०७९ बाट अर्को जनप्रतिनिधिहरु आएपछि भवन नगरपालिकाले बुझेको हो ।
हरिवन नगरपालिका १ मा निर्माण भएको जेष्ठ नागरिक आवास भवनको कम्पाउण्डसहित निर्माण गरिएको सुविधा सम्पन्न भवनमा १८ वटा कोठा रहेका छन् । जसलाई ‘सुखी जेष्ठ नागरिक आवास’ को नाम दिईएको छ । नगरका जेष्ठ नागरिकहरुलाई व्यावस्थापन गर्न भन्दै तयार पारिएको जेष्ठ नागरिक आवास भवन आफुहरुले जिम्मा लिएको हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीले बताउनु भयो ।