Close This

प्रदेश प्रमुख डा.झाको शिरमा देश,मनमा मधेश अभियानको दोस्रो दिन आज सर्लाहीमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१९ गते   २८०७ पटक हेरिएको


शिरमा देश,मनमा मधेश अभियान अन्र्तगत आज(मंगलबार) दोस्रो दिन प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश झा(अहिराज) सर्लाही आई पुग्नु भएको छ । सोमबार पर्साबाट शुरु भएको अभियानको आज दोस्रो  दिन प्रदेश प्रमुख डा. अहिराज सर्लाही सदरमुकाम आइ पुग्नु भएको हो ।
राष्ट्रिय सहिष्णुता जगाउन,राष्ट्रिय एकता,समानतार समावेसियता जागनउन प्रदेश प्रमुख डा. झाले आफु प्रदेश प्रमुख भएदेखि नै विभिन्न किसिमका कामहरु गरि रहनु भएको छ । राष्ट्रिय एकताका महानायक पृथ्वि नारायण साहको सालीक राख्ने देखि लिएर शिरमा देश,मनमा मधेश,लगायतका कार्याक्रम लिएर प्रदेश प्रमुख डा.झा प्रदेश २ का मात्र नभई प्रदेश १ देखि प्रदेश ७ सम्मका विभिन्न जिल्लाहरुमा अग्रजहरुसंग व्यस्त रहनु भएको प्रदेश सरकार प्रदेश प्रमुखको कार्यालयका सचिव ध्रुव गउडाले बताउनु भयो ।
प्रदेश प्रमुख डा. झासंगको अन्र्तक्रिया कार्याक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले जिल्लाका हुलाकी सडकहरुको,नदी नियन्त्रण तथा तटबन्ध,शिक्षा,स्वास्थ्य रोजगारी र सिमा सुरक्षाका विषयमा जानकारी  गराउनु भएको थियो । जिल्लाको ५१ किलोमिटर खुल्ला सिमानाका कारण जिल्लामा गैर कानुनी धन्दा र अपराधिक गतिविधिहरु हुने गरेका जानकारी गराइएको छ ।
 त्यसैगरी हुलाकी सडकको निर्माण कार्यमा ठेकेदारले बजेट अभावको बाहनामा पञ्छीने काम गरेको,अनियमित विद्युत कटौतीका कारण जिल्लामा अनलाईन कक्षा पढि रहेका विद्यार्थीहरु मारमा परेका,स्थानिय निकायको मिडियासंगको सम्बन्ध,गैर कानुनी रुपमा सञ्चालीत मेडिकलहरु तथा अस्पतालहरुका कारण भ्रुण हत्या लगायत अकाल्पनीय घटनाहरु भएका विषयमा पनि छलफल भएको छ ।
छलफलको क्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जिल्ला प्रशासन कार्यालयले आफु प्रमुख भएर आएदेखि हाद सम्म गरेका गतिविधिहरुको बारेमा जानकारी गराउनु भयो ।
जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा प्रदेश प्रमुख डा.झाको आयोजनामा भएको कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव गउडा,जिसस सर्लाहीका सभापति चौधरी,प्रमुख जिल्ला अधिकारी महतो,सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर,सशस्त्र प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठ लगायतका जिल्लाका सुरक्षाकर्मीहरु र मिडियाकर्मीहरुको सहभागीता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech