हरिवनमा नदी उकास भूमिको पुनस्थापनाका लागि कृषि वन परियोजना अभिमुखिकरण गोष्ठी

288 Shares

सर्लाहीको हरिवनमा नदी उकास भूमिको पुनस्थापनाका लागि कृषि वन परियोजना अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।ग्रामीण स्वयंसेवक समाज हरिवनको आयोजना तथा हरिवन नगरपालिकाको साझेदारीमा नदी उकास भूमिको पुनस्थापनाका लागि कृषि वन परियोजना अभिमुखिकरण गोष्ठी सम्पन्न भएको कृषि प्राविधिक सुरज खनालले जानकारी दिए ।उनका अनुसार युएनडिपी नेपालको आर्थिक सहयोगमा हरिवन नगरपालिकाको ३,४ र ५ मा समृद्धि कृषि वन कार्यक्रम संचालन भईरहेको र हरिवन नगरपालिका ५ को खाली रहेको तथा नदी उकास जमिनमा क्षेत्र विस्तार गरी समृद्धि कृषि वन कार्यक्रम सञ्चालन भई रहेको र त्यसलाई थप व्यावस्थापन गर्दै दिगो रुपमा अगाडि बढाउने विषयमा छलफल गर्दै अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो ।
युएनडिपी नेपालको आर्थिक सहयोगमा हरिवन नगरपालिकाको ३,४ र ५ नम्बर वडाहरुमा कृषि वन परियोजना मार्फत स्थानीय विपन्न नागरिकहरु जीविकोपार्जनका क्षेत्रमा जोडिएर काम गरि रहेका छन् ।नदी उकास र खेर गएको जमिनमा स्थानीय विपन्न नागरिकहरुले समुह बनाएर तरकारी तथा फलफुल उत्पादन गरिरहेका ग्रामिण स्वयंसेवक समाज हरिवन नगरपालिका ११ का अध्यक्ष दधिराम पौडेलले बताए ।उनका अनुसार ग्रामिण स्वयंसेवक समाज हरिवनले युएनडिपी नेपालको आर्थिक सहयोगमा विपन्न नागरिकहरुलाई मल बिऊ,बिजनका साथै सिचाईको समेत व्यावस्था गरि दिएको छ ।
समृद्धिका लागि कृषि वन कार्यक्रम सञ्चालनका लागि हरिवन नगरपालिकाले सकेको सहयोग गर्ने र समृद्धिका लागि कृषि वन कार्यक्रम सञ्चालन गर्दा वातावरणिय हिसाबले पनि जलवायु,पानी संरक्षण,जैविक हिसाबले राम्रो काम गर्ने भएकाले पनि नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बताए ।नगरपालिकाले गर्नुपर्ने सबै काम गर्ने र युएनडिपी नेपालले पनि आफ्नो काम चाँडै गरे हरिवन नगरपालिका भित्र रहेका कार्यक्रम सञ्चालन भएका क्षेत्रहरुका विपन्न नागरिकहरुको जीविकोपार्जनमा सहयोग पुग्ने नगर प्रमुख बुढाथोकीले बताए ।
ग्रामिण स्वयंसेवक समाज हरिवन नगरपालिका ११ को सभा हलमा भएको अभिमुखिकरण गोष्ठीमा ग्रामिण स्वयंसेवक समाज हरिवन नगरपालिका ११ का अध्यक्ष पौडेल,हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल),उप प्रमुख हरिमाया घलान,विभिन्न वडाका वडा अध्यक्षहरु,विभिन्न पार्टी प्रतिनिधिहरु,ग्रामिण स्वयंसेवक समाज हरिवन नगरपालिका ११ का सदस्यहरु,समाज कल्याण कृषि वन सामुदायिक समुह,लालिगुराँस कृषि वन सामुदायिक समुह,मोहनपुर कृषि समुह र समृद्धि कृषि वन सामुदायिक समुहका पदाधिकारीहरु एवम सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार