सर्लाहीका १९ पालिकाले ल्याए बजेट,पर्साले असार १० मा बजेट ल्याउन सकेन्

376 Shares

सर्लाहीका ११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा मध्य पर्सा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेन् ।
देशभरमा सबैभन्दा बढी २० पालिका रहेको सर्लाहीमा १९ पालिकाले समयमै आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका भएपनि पर्सा गाउँपालिकाले गाउँ सभाका लागि सहमतीको वातावरण निर्माण नभएकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न नसकेको पर्सा गाउँपालिकाका अध्यक्ष धीरेन्द्र यादवले बताए ।उनका अनुसार पर्सा गाउँपालिकामा आफूसँग बहुमत गाउँ सभा सदस्य भए पनि सहमतीमै अघि बढ्ने गरी समन्वय गरिरहेको र उपाध्यक्ष र केही वडाध्यक्षहरुले बजेट बाँडफाँडको विषयमा असन्तुष्टि जनाइरहेकाले सहमतीको प्रयास भईरहेको छ।
चालू आर्थिक वर्षका लागि गत वर्ष समयमै बजेट ल्याउन नसकेका विष्णु गाउँपालिकासहितका केही पालिकाले यो वर्ष समयमै बजेट प्रस्तुत गर्न सफल भएका छन्।सँधै लफडा सिर्जना हुने हरिपूर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकामा अघिल्लो वर्षदेखि समयमै बजेट आउन थालेको छ।केही नगरसभा सदस्यको विरोधकाबिच हरिपूर्वा र कविलासी नगरपालिकाले बेलैमा बजेट प्रस्तुत गरेका छन्।गत वर्ष ढिलो गरी बजेट ल्याएको हरिवन नगरपालिकाले पनि यो वर्ष असार १० गतेभित्रै नीति तथा कार्यक्रम प्रस्तुत गरेर सकारात्मक सन्देश दिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आगामी आर्थिक वर्षको वार्षिक नीति,कार्यक्रम तथा बजेट चालु आर्थिक वर्षको असार १० गतेभित्र नगर तथा गाउँसभामा मार्फत पेश गरेर असार मसान्तसम्म पारित गरिसक्नुपर्ने व्यवस्था रहेपनि पर्सा गाउँपालिकाले असार १० गते भित्र सोगर्न  नसकेको हो ।जिल्लाका अन्य १९ पालिकाले सौर्हादतापुर्ण रुपमा आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

सम्बन्धित समाचार