सर्लाहीको ईश्वरपुर नगरपालिका ६ मा भएको प्रदेशस्तरिय खुल्ला नक आउट फुटबल प्रतियोगिता २०८२ काे उपाधि महाकाली युवा क्लव लालबन्दी नगरपालिका १७ रानिगन्जले हात पारेकाे छ ।

विभिन्न १८ वटा टिमकाे सहभागीतामा धनजाेर टाेल जनकल्याण युवा संघ सर्लाहीकाे आयाेजनामा भएको प्रतियाेगितामा महाकाली युवा क्लव लालबन्दी नगरपालिका १७ रानीगन्जले बेङ्गाडावर युवा क्लव धनुषालाई १-० गाेल अन्तरले पराजित गर्दै उपाधि हात पारेकाे क्लवका निवर्तमान अध्यक्ष विभु सिंह थापाले जानकारी दिए ।

उनका अनुसार खेलमा मध्यान्तर भन्दा पहिलै महाकालीले बेङ्गाडावरका विरुद्ध १ गाेल गरेकाे थियाे ।साेही गाेल नै महाकालीका लागि निर्णायक बनेकाे आयाेजक धनजाेर टाेल जनकल्याण युवा संघ सर्लाहीका अध्यक्ष रामानन्द चाैधरीले बताए ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख एवम प्रहरी नायव निरीक्षक गाेविन्द थपलियाकाे प्रमुख आतिथ्यता तथा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनाेज कुमार आचार्यकाे अध्यक्षतामा भएको प्रतियाेगिताकाे विजेताले रु ५१ हजार पाँच सय ५५ नगद सहित सिल्ड,मेडल र प्रमाण पत्र र उप विजेताले रु ३१ हजार पाँच सय ५५ नगद सहित सिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेका आयाेजकले जनाएको छ ।
