दुर्गा कुमारी अधिकारी
र्लाहीको बागमती नगरपालिका ११ मा जारी साताैं राजर्षि जनक कप फुटबल प्रतियाेगिता अन्तर्गत बुधबारकाे अन्तिम क्वाटरफाइनल खेलमा आयाेजक बागमती युवा क्लब सर्लाहीलाई हराउदै मच्छिन्द्र फुटबल क्लब काठमाण्डाैले सेमिफाइनलकाे यात्रातय गरेकाे छ ।
बागमती नगरपालिका ११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा जारी प्रतियोगितामा आयाेजक बागमती युवा क्लब सर्लाहीलाई मच्छिन्द्र फुटबल क्लब काठमाडौंले अन्तिम क्वाटरफाईनल खेलमा ०-१ गाेलअन्तरले पराजित गर्दै सेमिफाइनलकाे यात्रातय गरेकाे हाे ।
मच्छिन्द्र फुटबल क्लब ए डिभिजन लिगकाे क्लब हाे भने आयाेजक बागमती युवा क्लब भरखरै सि डिभिजन लिगमा प्रवेश गरेकाे हाे । चारजना राष्ट्रिय खेलाडी समेत लिएर आएकाे मच्छिन्द्रले आयाेजक बागमती युवा क्लबलाई ट्राईबेकरमा ०-१ गाेल अन्तरले पराजित गरेकाे आयाेजक बागमती युवा क्लबका महासचिव एवम बागमती नगर खेलकुद विकास समितिका संयाेजक सागर मैनालीले जानकारी दिए । उनका अनुसार बिहिबारबाट सेमिफाइनलकाे खेल सुरु हुने छ र पहिलाे सेमिफाइनल खेल जावलाखेल युवा क्लब ललितपुर र संकटा फुटबल क्लब काठमाडौं विच हुने छ । भने मच्छिन्द्र फुटबल क्लबले सुदुरपश्चिम ११ संग सेमिफाइनल खेल्ने आयाेजकले जनाएको छ ।
मधेश प्रदेशकै सर्वाधिक पुरस्कार धनराशीको साताैँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा आयाेजक बागमती युवा क्लब सहित १२ वटा टिमकाे सहभागिता रहेकाे बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए । उनका अनुसार एपीएफ क्लब, युनाईटेड किण्डम फूटबल क्लब दार्जिलिङ, साविक विजेता पिप्ले युवा क्लब हेटाैंडा,नेपाल पुलिस क्लब, धरान फूटबल क्लब धरान,चर्च व्याईज युनाइटेड लिलितपुर,नवजन जागृति युवा क्लव सिमरा र बागमती युवा क्लब सर्लाही प्रतियाेगिताबाट बाहिरिसकेका छन् ।
प्रतियोगिताको बिजेताले रु १० लाख र उपबिजेताले रु पाँच लाख र नगद पुरस्कार प्राप्त गर्ने छ । बागमती युवा क्लब र बागमती नगरपालिकाकाे संयुक्त आयाेजना हरेक वर्ष सञ्चालन भई रहेकाे साताैँ राजर्षि जनक कप फुटबल प्रतियोगिता माघ २५ गतेबाट सुरु भएको र फागुन ७ गते सम्म सञ्चालन हुने छ ।