नेकपा(माओवादी केन्द्र)मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक एवम सर्लाही क्षेत्र नम्बर ४ प्रदेश सभा(ख)का प्रदेश सभा सदस्य फकिरा महतो र जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जितेन्द्र कुशवाहा सहितको टोलीले भारतको विहार सरकारका उप मुख्यमन्त्री सम्राट चौधरीसंग भेटवार्ता गरेको छ ।
विहारका उप मुख्यमन्त्री सम्राटको निमन्त्रणमा भारत भ्रमणमा रहेका प्रदेश सभा सदस्य महतो र उप प्रमुख कुशवाहाले भारतीय जनता पार्टी(भाजपा)का संसदीय दलका नेता तथा विहार सरकारका उपमुख्यमन्त्री सम्राट चौधरी नेताहरुसंग पटनामा भेटवार्ता गरेका हुन ।
भारतीय जनता पार्टी(भाजपा)संसदीय दलका नेता तथा विहार सरकारका उपमुख्यमन्त्री सम्राटको निमन्त्रणामा केही दिन पहिला भारत भ्रमणका गएका प्रदेश सभा सदस्य महतो नेतृत्वको टोलीले पटनास्थित सम्राटकै कार्य कक्षमा भेटवार्ता गरेको जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख कुशवाहाले जानकारी दिए ।
उनका अनुसार भारतीय जनता पार्टी(भाजपा)का संसदीय दलका नेता तथा विहार सरकारका उपमुख्यमन्त्री सम्राटसंगको भेटवार्तामा नेपालको मधेशसंग सिमा जोडिएको छिमेकी देश भारतको विहार प्रान्त र नेपाल सहित मधेशको सम्बन्धका विषयमा छलफल भएको र यो छलफलले विशेष गरि मधेस र बिहारको सम्बन्ध अझ प्रगाढ हुने छ।
नेपाल र छिमेकी देश भारतको विचमा “रोटी बेटीको”सम्बन्ध रहँदै आएकोले यसरी समय समयमा हुने औपचारीक तथा अनौपचारी छलफलहरुले दुवै देशको सम्बन्ध थप प्रगाढ बन्ने भारत भ्रमणका रहेको नेपाली टोलीका प्रदेश सभा सदस्य महतोले बताए ।